डुम्रेमा इसाई धर्मावलम्बीको शुभकामान आदानप्रदान कार्यक्रम सम्पन

भानु खबर डुम्रे । इसाई धर्मावलम्बीहरुको विशेष पर्व खृष्टमस डे अर्थात डिसेम्बर २५ को पुर्व सन्ध्यामा तनहुँ खृष्टियन समाज क्षेत्र न १ ले .शुभकामना आदानप्रदान कार्यक्रम सम्पन गरेको छ

तनहुँ क्षेत्र न १ का अध्यक्ष पास्टर प्रेम तामाङको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मा. हरि वहादुर चुमान , गण्डकी प्रदेशका सदस्य मा. सरिता गुरुङ्ग, तनहुँ खृष्टियन समाजका अध्यक्ष ओम राज परियार,बन्दिपुर गाउँ पालिका वडा न १ अध्यक्ष भानुभक्त पोखरेल,बन्दिपुर नेका सभापति कर्ण खत्री, नेकपाका गण्डकी प्रदेश समिति सदस्य ओमकुमारी पौडेल लगायतको विशेष उपस्थितिमा रहेको थियो ।

Image may contain: 7 people, including Omkumari Paudel, people standing

प्रमुख अतिथी मन्त्रि चुमनले शुभकामना आदन प्रदान खुसी भन्दा पनि आफुले हिजोका दिन भोगेका दुःख कष्टहरु नभनी खुसी हुनु र मनाउनु सबै भन्दा ठुलो कुरो रहेको बताउदै खृष्टमस डेको शुभकामन व्यक्त गरेका थिए ।

Image may contain: 10 people, people smiling, people standing

यसै गरि मतव्यकै क्रममा तनहुँ खृष्टियन समाजका अध्यक्ष ओम राज परियार, समसामयिक बिषयमा कुरा उठाएका थिए । उनले खृष्टमस बिदा,मृत्य पश्चात दाहसँस्कार गर्ने ठाँउ ,बिकास बजेट र समुदायको पक्ष्यवाद नगर्न समेत सबैलाई सचेत गराएका थिए ।

डुम्रे युवा परिवारको साँस्कृतिक सभाहलमा सम्पन भएको उक्त कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ मा रहेका खृष्टियनहरुको बाक्लो उपस्थीत रहेको थियो ।

Image may contain: one or more people and indoor