गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’द्धारा मिर्गोला पिडित दर्जिलाई आर्थिक सहयोग

भानुखबर, काठमाडौ- दुबै मिर्गाैलाले काम गर्न छोडेपछि उपचारका लागी काठमाडौ आएका बाँके खजुराका अमित दर्जिलाई आर्थिक सहयोग जुट्न थालेको छ ।

लोक तथा दोहरी गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’ प्रत्यक्ष दोहरीको छायाकंनका क्रममा पिडित अमित दर्जिलाई बोलाई तत्कालका लागी १३ हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन ।

बहु चर्चित गायक राजु परियारले गाएको उक्त दोहरी कार्यक्रममा गायक परियार सहित उपस्थित सबैले सक्दो सहयोग प्रदान गरे । दोहरी गाउँदै गर्दा अमित दर्जिको बारेमा बाँकेका पत्रकार खगेन्द्र दाहालले सबै पिडाका कुरा सुनाउदा उपस्थित सबैको आखाँ रसाएका थिए ।

गायक परियारले अकालमै कसैले ज्यान गुमाउन नपरोस भन्दै अरु कलाकारलाई सहयोग गरिदिन आग्रह गरेका थिए । नेपालगन्जमा विगत एक वर्षदेखि मिर्गौलाको डाइलोसिस गराईरहेका दर्जिलाई भेरि अस्पताल नेपालगन्जका डाइलोसिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न काठमाडौ रिफर गरेपछि उनि काठमान्डौ आएका थिए ।

पत्रकार दाहालले काठमाडौमा आर्थिक सहयोगका लागी दर्जिलाई लिएर विभिन्न स्थानमा पुग्दै सहयोगको अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ । भत्तपुर स्थित मृर्गौला प्रत्यारोपणका लागी चेकजाच गराउन मात्रै पनि रकम अभाव भएपछि सहयोग रकम संकलन गर्न लागीएको अमितका श्रीमती माया दर्जिले जानकारी दिईन ।

उनलाईसहयोग गर्न चाहनेहरुले पत्रकार खगेन्द्र दाहाल ९८५८०३२१८२ र अमितको श्रीमती माया दर्जि ९८०४५५९११६ नम्बरमा सम्पर्क गर्न सकिने छ ।