सम्सदमा काग्रेस आक्रमक रुपमा प्रस्तुत हुने

काठमाण्डौ । नेपाली काग्रेसले भोलीदेखि चल्ने सम्सदको हिउदे अधिबेसनमा सम्बिधानको भाबना र मर्म बिपरित सदनमा प्रस्तुत भएका र हुने बिधेयकहरु प्रति आक्रामकता अपनाउने भएको छ ।यी बिधेयक फिर्ता लिन आग्रह गर्ने नगरेमा पारित गर्न रोक्ने सम्मका योजना रहेको छ ।

आज सम्सदीय दलको कार्यालय सिहदरवारमा बसेको दलको बैठकले समसम्यिक बिषयमा पार्टीको धारणा सार्बजनिक गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अभिभाज्य भूमि भएको र भारतले केही समय अगाडि उक्त सम्पूर्ण भू–भागलाई आफ्नो भूमिमा गाभेर प्रकाशित गरेको नक्साप्रति आपत्ति जनाउँदै सो बारेमा काँग्रेसले यसअघि नै आफ्नो धारणा स्पष्ट गरिसकेको जनाएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौतालाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएको छ । आज बसेको दलको बैठकले गरेका निर्णयहरु ं  

कालापानी लिपुलेक र लिम्पीयाधुरा नेपालको अविभाज्य भूमी हो । भारतले केही समय अगाडि उक्त सम्पूर्ण भूभागलाई आफ्नो भूमिमा गाभेर प्रकाशित गरेको नक्सा प्रति आफ्नो आपत्ति जनाउँदै यसबारे नेपाली कांग्रेसले पटक–पटक आफ्नो धारणा स्पष्ट गरिसकेको छ । यस  सन्दर्भमा प्रधानमन्त्री श्री के.पी. ओलीले २०७६ कार्तिक २३ गते बालुवाटरमा बोलाउनु भएको बैठकमा हाम्रो पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूबाट राष्ट्रियता र राष्ट्रिय अखण्डता जस्तो संवेदनशील विषयमा प्रतिपक्ष नभई राष्ट्र एक साथ उभिनु पर्ने भन्नु हुँदै यस सन्दर्भमा प्रधानमन्त्री श्री के.पी. ओलीले लिने कुटनैतिक पहल र अग्रसरतामा नेपाली कांग्रेसको पूर्ण सहयोग र समर्थन रहने भनि आफ्नो पार्टीको स्पष्ट दृष्टिकोण राखी सक्नु भएकोमा प्रधानमन्त्रीबाट हालसम्म यस सन्दर्भमा कुनै पहल नभएको देखिएकोले यसबारे संसदमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफको लागि संसदीय दलको यो बैठक माग गर्दछ ।

-संविधानको भावना र मर्म विपरित सरकारद्वारा सदनमा प्रस्तुत गरिएका विधेयकहरु प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ । ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ लगायतका  विधेयकहरुलाई फिर्ता लिई संविधान अनुकूल विधेयकहरु प्रस्तुत गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै संवैधानिक परिषदको कार्यसञ्चालन गर्ने ऐनलाई संशोधन गर्न अध्यादेश मार्फत प्रयास भएको र यस सन्दर्भमा संविधान विपरित संसदीय पद्धतिको विरुद्ध हुने गरी ल्याइने कुनै पनि विधेयकको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति गर्दछ ।

-नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमएमसी) बिच भएको अनुदान सहायता सम्झौता (ःऋऋ) लाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

-विश्वविद्यालयमा गरिएका कतिपय नियुक्तिहरुले विद्यालयको प्राज्ञीक स्वतन्त्रता माथि हस्तक्षेप गर्दै विश्वविद्यालयलाई पार्टीकरण गरेको क्रियाकलाप प्रति घोर आपत्ति गर्दछ । विश्वविद्यालयको प्राज्ञीक स्वायत्तता माथि हस्तक्षेप नगर्न सरकारसँग जोडदार माग गर्दछ ।

-राजनैतिक पूर्वाग्रह राखी राजनैतिक दलका नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधरण माथि झुठ्ठा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस् । रौतहट जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताब आलम माथि राजनैतिक पूर्वाग्रह राखी झुठ्ठा प्रमाणहरु संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउँने कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ । स्वतन्त्र र निष्पक्ष छानविन माथि सरकारले पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न समेत सचेत गर्दछ ।-युगवाणी