कठै ति भरिया दाई, के गर्दै हुन् छोराछोरी
सुंकसुंक गर्दै कुना, पसे होलान कठैबरी
भारी बोकी लालाबाला पाल्छु भन्ने मन थियो
त्यै बाटो नि कोरोनले कठै बन्द गरिदियो

नियती नै यस्तै थियो, मेरो भाग्य लेख्दा खेरि
मलिन भै वल्यो दियो, तेल अझैं थप्दा खेरि
हरे राम हरे कृष्ण, जपीरहन्छु मैले खाली
तर पनि मेरै लागि, वन्यौ किन तिमी जाली

पेटभरि खान पाए, कस्तो खुशी मिल्थ्यो होला
भर्न नपाई झुत्रो भयो, कठै जिन्दगीको झोला
जगाउदा आशाहरु, निरासा पो हात लाग्यो
सपना त भत्किगए, बिपना नि घात लाग्यो

जिन्दगी नै जाली रैछ, सारै गारो पर्दै गयो
फुकाउन खोज्दा खेरि, झनै गाॅंठो पर्दै गयो
जति चाल्छु पाईलाहरु, ठेस लाग्ने कस्तो बाटो
भोकै मर्ने भए चल्ला, मै मरुं कि यिनको साॅटो

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्