मायामा धोखा पाएपछि संचारकर्मी राजेश विसी एक्लै बरालिदै………. [भिडियो सहित ]

भानु खबर ,नेपालगन्ज /बर्दिया बढैयाताल गाउपालिका वडा न. १ शान्तिपुर स्थायी घर भै हाल नेपालगन्जमा बसेर आफ्नो कलाकारितालाई अगाडि बढाइरहेका संचारकर्मी राजेश बिसीको अभिनयमा नयाँ गीत सोमबार सार्वजनिक भएको छ।“माया ठूलो भन्नू मात्रै” बोलको गीतमा भ्वाइस अफ नेपाल सिजन १ का विजेता सिडि विजय अधिकारीको कर्णप्रीय आवाज रहेको छ। गीतमा सिडिकै संगीत रहेको छ भने सन्तोष समीप लुइँटेलको शब्द रहेको छ। प्रेम जोडिको चोखो माया प्रेममा धन पैसा अनि जातिय विभेदले कस्तो खालको असर एवम प्रभाव पार्छ भन्ने खालको कथा वस्तुलाई भिडियोमा उतारिएको छ।

गीतको अडियो सुन्दा जति भावुक बनाउँछ, त्यत्तिनै भावुक भिडियोले पनि बनाउँछ। माया प्रेममा आधारित गीतको भिडियोमा सन्चारकर्मी राजेशका अलवा मोनिका खड्का, हस्त बहादुर बिक, नैना पुन , कविता ठुकुरी लगायतको अभिनय रहेको छ। बाल कलाकार विवश खत्री र प्रतीक्षा ढकाललाई पनि भिडियोमा देख्न सकिन्छ। शुटिङ्ग बाँके र बर्दिया जिल्लाको रमणीय ठाउमा भएको थियो। संचारकर्मी राजेश बिसी रेडियो कृष्णसारमा युवा बारे कार्यक्रम संचालन गर्दैछन् ।