तिलु शर्मा पौडेल – म्याग्देली नवोदित गायक तथा सर्जक राजिन भण्डारीले लोक पप एल्बम “बेनी बजारमा” लाई सार्वजनिक गरेका छन् l म्याग्दी जिल्लाको सुन्दर नगरी बेनी बजारको सौन्दर्यता र माया प्रेम सँग रहेर भण्डारीले गीतको सिर्जना गरेका छन् l भण्डारीले भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

सरसर हावा चल्दा मायाको बाण चल्ने भावले बगेको गीतमा म्याग्दीका चर्चित मोडेल सुधीर श्रेष्ठ र रविना भण्डारीले कम्मर मर्काएका छन् भने उनीहरूलाई रोजिना भण्डारी,संजिता कुवर, रमेश भण्डारी र सागर भण्डारीले साथ दिएका छन् l बेनी बजार क्षेत्र, वीरेन्द्र चोक र पर्यटकीय स्थल लभ्ली हिलमा छायाङ्कन गरिएको भिडियो म्याग्दीकै राम केसीले खिचेका हुन् भने ड्रोनको बागडोर कृष्ण पौडेलले समालेका छन् l

गीतमा गायक भण्डारीकै सङ्गीत तथा स्वर रहेको छ भने एरेन्ज गोपाल रसाइलीले गरेका छन्। माधव श्रेष्ठ को निर्देशन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । नेपाली युट्युब बजारमा भाइरलले पकड बनाएको भए पनि आफ्नो गीत फरक धारमा निर्माण भएको हुँदा सफल हुनेमा गायक ढुक्क देखिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 401 Viewed

प्रतिक्रिया दिनुहोस्