
भानु- तनहुँको भानु नगरपालिका–१, भन्सारमा कांग्रेस पार्टी परित्याग गरी २ सय ७ जना नेकपामा प्रवेश गरेका छन् । स्थानीय पदम थापा (पारस) र बिष्णु अधिकारीको नेतृत्वमा आज शुक्रबार २ सय ७ जना युवाहरु कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

भानु नगरपालिकाको कार्यालय भन्सारमा ल्याउन नेकपा तथा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)को विशेष योगदान रहेको भन्दै भन्सारका कांग्रेस युवाहरु नेकपामा प्रवेश गरेको नेकपा भानु नगर कमिटीले जनाएको छ ।

कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने युवाहरुलाई सांसद श्रेष्ठ, नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य शंकरनारायण श्रेष्ठ, ओमकुमारी पौडेल, गीता शाही लगायतले टीका र खादा लगाई नेकपामा स्वागत गर्नुभएको थियो ।


