राजेन्द्र खनाल । धमिरा लागेर मक्किएको
भत्किनै लागेको
हाम्रो गाउँको एउटा जिण पार्टी

बच्यो फेरि !
बचे पार्टिमा बसेर दैनिक बेतुकका फुटानि लाउने
गाँउका अगुवा भनिने बाहरु पनि !
बचे तिनै बाहरुका सुर्तिका टुकुरा बेरिदिने सुसारेहरु
गफमा तालि पिट्ने, झ्याली पिट्ने वानरसेनाहरु
बचे उखानमा गदगददाउने निला मसिहाहरु !
बचे सुटुक्क बाका खन्तिका ललिपप चोर्ने मुसाहरु
मुख मिठो पारेर जिब्रो पड्काउने ब्वासाहरु !

थुप्रै हाम्रा तन्नेरी , दौँतरी जिब्राका गुलिया स्वादहरु !
अनि
बच्यो त्यही पार्टी भित्रको एउटा ठूलो महाराज कुर्सी
बच्ने भयो हाम्रा बिष्णु दाजैको बलौटे
टाहारवारि सम्याउने सपनाहरु !
घडेरीनै घडेरी बनाउने कल्पनाहरु
बचे फेरि गोकुल साना बा हरुका माधव बाजेहरु
सगै बसेर मार्शी भोज खाने सपनाहरु !
र बाच्ने भए फेरि
ति गाउँको चौताराहरुमा
पिपलको बोट र तुलसिको मोठ
रोप्नै हुन्न भन्ने योगे दाइका अडानहरु
बाच्ने भए सिटामोलसग राजनिती बेच्ने
राता मान्छेका बगानहरु !

बाच्ने भए अझै कयौ बर्ष
ती पागल बैधाङ (केसि )बा लाई
घाटसम्मै पुगेको हेर्ने रन्जित सपनाहरु
धन्न कसो कसो बाचेनछन ती एकाथरी
धमिला सपनाहरु !
अव त देउनबा
ए देउबा भन्दै
मागेर खान खोज्ने
केही बर्ष देखि प्रचण्ड भोकाएका
खन्चुवा भोकाहरुका सपनाहरु !

तै पनि
अचम्मै रमिता छ आज गाउँमा
बा अनि बाहरु र काकाहरुको रत्यौलीले
हिजो साझ मात्र गाउको पार्टी भत्काउन तम्सिनेहरु
आज चारसुरका खम्बा बनेका छन !
आगो सल्काउन झिझा बटुल्नेहरु आज
झार उखाल्न तम्सिएका छन
तर बिडम्वना
बाहरु बाहेको सिङ्गो गाउँमा
चित्कार छ
महामारिले सोत्तर छन गाउँले
परिस्थिती अलि उल्टो पनि छ !
रगतको जोहो गर्दैछन साइवर अपराधीहरु
सास फेर्ने हावा खोज्दै भौतारिएका छन !
बिना बर्दी
बर्दिको मर्यादा नाग्न खोज्नेहरु !

हारगुहार छ गाउमा
हन हनि ज्वोरो छ गाउँमा !

तिमी बिराजमान छौ महाराजा कुर्शिमा
पार्टी वरिपरिको डुङ्गडुङ्ती गन्हाउने हिलो
हातैले मुछेर भए पनि
थोत्रो कुर्सिको धुलो आफ्नै कोटले पुछेरै भए पनि !

तर बाँचेनन ती हाम्रा थुप्रै बाहरुका प्राण
र बचेन मेरो आफ्नै बाको सपना
एक मुठी अक्सिजनको अभावमा !
तिम्रो यो बिराजमान तस्बिरमा
शुभकामना लेख्ने सपना
एक पाउण्ड रगतको अभावमा
त्यसैले
सबै सबै लेख्न बोल्न हेर्न नभ्याएका
प्राणहरुको शुभकामना छ बा तिमिलाई ।

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्