नेपाली समाज युएईले अँग्रेजी नयॉ बर्षमा भिजिट नेपाल २०२० को प्रचार गर्ने

युएई – युएईमा क्रियाशील पुरानो संस्था नेपाली समाज युएईले समाजमा आवद्ध सम्पूर्ण संस्थाहरुको सहकार्यमा अँग्रेजी नयॉबर्षको अबसर पारेर नेपाल भ्रमण बर्ष २०२० का लागि प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।

सन् २०२० जनवरी १ का दिन दुबईको जाबेल पार्कमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । दिनको ३ उक्त कार्यक्रममा समाजले स्वदेशमा विभिन्न नेपाली समपदायले प्रयोग गर्ने मौलिक भेषभुषालाई सम्मान गर्दै अन्तराष्ट्रीय टोपी दिवस पनि मनाउने जनाएको छ ।

यूएई स्थित संघसंस्थाहरुबाट कम्तिमा तीन जना आ-आफ्नो मौलिक पोशाकमा उपस्थित हुन समेत आयोजकले आग्रह गरेको छ । कार्यक्रमलाई उत्साहजनक रुपमा सम्पन्न गराउन नेपाली समाजले आवद्ध सम्पूर्ण संस्थाहरुलाई आव्हान समेत गरेको छ ।

कार्यक्रममा विभिन्न प्रकारका नेपाली खाना, मनोरन्जनात्मक कार्यक्रम, खेलकुद साथै नेपाली समुदायका विभिन्न सॉस्कृतिक कार्यक्रमको साथमा नेपाल भ्रमण बर्ष २०२० अङ्कित टि सर्ट वितरण गरेर नेपाल भ्रमण बर्ष २०२० को जोडदार रुपमा प्रचार गर्ने कार्यक्रम समेत रहेको नेपाली समाज युएइई महासचिव बेद प्रसाद अर्यालले जानकारी गराए ।