तनहुँको भन्सारमा न्यु इएर इभ लाइभ कन्सर्ट हुने ।

भानु १ भन्सार । अङग्रेजी नयाँ बर्ष २०२० को अबसरमा भिजिट नेपाल २०२० लाइ लक्षित गरि तनहुँको भानु नगरपालिका १ भन्सारमा न्यु इएर इभ लाइभ कन्सर्ट हुने भएको छ । यहि पौष १५ गते डिसेम्बर ३१ तरिखको दिन ‘अनुप्रस्थ व्याण्ड लाइभ कन्सर्ट’ हुने भएको छ ।

फुडिज हाउस को आयोजनामा कन्सर्ट हुने कार्यक्रम संयोजक बिपिन श्रेष्ठले जानकारी दिएका हुन । कन्सर्टमा राष्ट्रिय रक व्याण्ड अनुप्रस्थ सहित पोख्रेली ब्याण्ड द नेक्सट ब्याण्ड अनि घरेलु ब्याण्ड मन्दजरस ले आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् । साथै कार्यक्रममा डिजे केसीका को प्रस्तुती रहनेछ । तनहँको भानुमा यो कन्सर्ट पहिलो पटक हुन लागेको हो ।

यद्यपी तनहुँको अन्य ठाउँमा भने कन्सर्ट हुने गरेको छ । कार्यक्रबाट उठेको रकमले बिद्यालयमा अध्यनरत अनाथ तथा टुहुरा बालबालिकाहरुलाइ छात्रवृति लगायत स्टेशनरी सामाग्री प्रदान गर्ने कार्यक्रमको उद्धेश्य रहेको कार्यक्रम संयोजक बिपिन श्रेष्ठले जानकारी दिए । गीत र संगीतको क्षेत्रमा भइरहेको पाइरेसी लगायतका बिसंगती अन्त्यका लागि अनुप्रस्थ ब्याण्डले चालेको अभियानलाई सघाउनु पनि कार्यक्रमको उद्धेश्य रहेको उनले बताएका छन् ।

लाइभ कन्सर्टमा प्रवेशका लागि रु तिन सय सिल्भर टिकट जसमा टिकट मात्र त्यसैगरी रु पाँच सय प्लाटिनम टिकट जसमा एक क्यान बियर टिकट संगै निशुल्क पाउन सकिने छ । र टेवल बुकिङको लागी रु ५०० डाइमण्ड टिकट दर तोकिएको आयोजकले बताएको छ । गत बर्ष देख िसंचालन हुँदै आएको फुडिज हाउस यहि कार्यक्रको बिच गा्रण्ड ओपनिङ हुने बताइएको छ ।