आदिवासी जनजाती महोत्सवको दोस्रो दिन अवलोकन गर्न आउने दर्शकहरुले खचाखच ,मुख्य आकर्षण डुङ्गा

शर्मिला बि क डुम्रे,तनहुँ । बन्दीपुर को डुम्रेमा सञ्चालन भइरहेको प्रथम आदिवासी जनजाती बन्दिपुर सास्कृतिक एवं पर्यटन  महोत्सव २०७६ को दोस्रो दिन अवलोकन गर्न आउने दर्शकहरुले खचाखच भएको छ।अहिले महोत्सवको मुख्य आकर्षणको रुपमा र्याफ्टिङ रहेको छ । चुँदीखोलामा प्राकृतिक तालको निर्माण गरी २ वटा डुङ्गा सञ्चालन गरिएको छ । दोश्रो दिनमा करीब १२०० जनाले डुङ्गामा सयर गरेको डुङ्गा संयोजक केदारमान श्रेष्ठले  बताए।

पौष ११ गतेदेखि सञ्चालनमा आएको  महोत्वको दोश्रो दिन शनिबार चर्चित कलकार सम्झना लामिछाने मगर,  रमेश श्रेष्ठ (मेलोडी), रवि डंगोल बेइमान,  पूर्ण थापा लगायतकाको प्रस्तुतिले स्टेज तताएको थियो । त्यस्तै महोत्सवमा स्थानीय कलाकारहरु अनिता गुरुङ, कुमारी थापा मगर, कुमानसिँ थापा मगर लगायतकाको समेत प्रस्तुति रहेको थियो भने नेवारी नाच, चुड्का तथा कौरा नाच समेत रहेको थियो । 
महोत्सवको दोश्रो दिन १२गते  शनिबार मात्रै करीब १० लाख भन्दा बढीको व्यापारिक कारोबार भएको महोत्सवका प्रवक्ता परशुराम अधिकारीले बताएका छन् । 

महोत्सवका आकर्षणका रुपमा रहेको प्याराग्लाइडिङ र हेलिकोप्टरको लागी बुकिङ भइरहेको पनि प्रबक्ता अधिकारीले बताए । महोत्सवको अन्य आकर्षणको रुपमा च्याङलीको कामधेनु गाइ फार्म, तनहुँको गौतम कृषि फाराम, बाख्रा अनुसन्धान केन्द्र, विमलनगर होमस्टे, सिद्धगुफा लगायतका स्थानहरु पनि रहेका छन् । 
महोत्सवको तेश्रो दिन १३ गते आइतबार कलाकारहरु सम्झना भण्डारी, आर के भट्टराई लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक तथा निर्देशक सुनिल श्रेष्ठले  बताए । 

Image may contain: 11 people, people on stage, people sitting and child

पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्य सहित बन्दीपुर साँस्कृतिक एवं पर्यटन महोत्सव २०७६ आयोजना गरिएको संयोजक शिव कुमार श्रेष्ठले बताए । अंग्रेजी नयाँ वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यमा गर्न लागिएको महोत्सवले पर्यटकहरुलाई थप आकर्षित गर्न मद्दत पुग्ने र स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने श्रेष्ठले बताए ।

Image may contain: 3 people, people on stage, people standing and beard

‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नाराका साथ वडा नं. १ डुम्रे स्थित चिसापानीमा सञ्चालन भैरहेको डुम्रे बजार क्षेत्र र बन्दीपुर प्रवेशद्वार लगायतका क्षेत्रलाई ध्वजापतकाले सिंगारिएको छ । बन्दीपुर क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवले स्थानीय आदिवासी जनजातिहरुको परम्परागत भाषा, संस्कृति, रितिरिवाजको संरक्षण एवं प्रवर्द्धन गर्दै स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Image may contain: one or more people, people standing and outdoor

आदिवासी जनजातिको भाषा, कला, रहनसहन, संस्कृति आदिलाई प्रवर्द्धन र संरक्षण गर्दै, कृषि, साहित्य, कला, सांस्कृतिक पर्यटन प्रवर्द्धनका साथै प्राकृतिक स्रोत र साधनको अधिकत्म उपायोग गर्ने माध्यमका रुपमा महोत्सव आयोजना गरिएको र महोत्सवबाट भएको आम्दानीबाट बन्दिपुरमा आदिवासी जनजातिको संग्रालय भवन निर्माणमा खर्च गरिने महोत्सवका आयोजकले बताएको छ।
    

Image may contain: 4 people, people smiling, people standing

महोत्सवमा पदयात्रा, जलविहार, गुफा अवलोकन, धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण, हेलिकप्टरबाट दृश्य अवलोकन महोत्सवको आकर्षण  रहेको बताइएको छ । महोत्सवमा व्यापारिक तथा स्थानीय सामाजिक संघ सस्थाको सहयोग र सहभागितामा गरिएको छ।
    

Image may contain: 13 people, people smiling, people standing

स्थानीय उत्पादन मास, अदुवा, सुन्तला, तरकारी, खसीबोकाको प्रवर्द्धन गर्न किसानहरुलाई प्रोत्साहित गरिने बताइएको छ।मनाङ, लमजुङ, गोरखा र तनहुँ जिल्लाको व्यापारिक नाकाको रुपमा रहेको डुम्रे बजारमा आयोजना गरिएको महोत्सवको झिंगु नेवाः पुचः डुम्रे, नेपाल खड्गी सेवा समिति, पिछडा वर्ग सञ्जाल समिति, गुरुङ समाज, मगर समाज, नेवाः पुच, मिसा नेवाः पुच, नेपाल चेपाङ (प्रजा ) संघ, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाई, मिलनगर, भन्सार बजार इकाई लगायतका स्थानीय विभिन्न संघ संस्थाहरु महोत्सवको सहआयोजक रहेका छन् ।महोत्सव यहि पौष २० गतेसम्म संचालन हुनेछ ।

तस्वीर: माधव पौडेल