भानु खबर ।

देवघाट -तनहुँको देवघाट गाँउपालिकामा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनमा डोजरको प्रयोग गरिएको छ ।


देवघाट गाउँपालिकामा वडा नम्बर ५ गोहीटारकी ६८ बर्षीया महिलाको आईतबार राती मृत्यु भएको थियो ।

उनको पिसिआर परिक्षणकोलागि शनिबार स्वाव संकलन गरिएको थियो । उनमा कोरोनाको सामान्य लक्षण देखिएको थियो । पिसिआर परिक्षण गरेर उनी अस्पतालबाट केही औषधी लगेर घरमै बसेको र आईतबार अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको स्रोतले जनाएको छ ।


कोरोना संक्रमित भएपनि देवघाट गाउँपालिकाम संक्रमितको मृत्यु भने यो पहिलो घटना भएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।

तस्वीर: देवघाट अनलाईन

अन्तिम पटक अध्यावधिक गरिएको 119 Viewed

प्रतिक्रिया दिनुहोस्