समावेशी प्यानलको घर दैलो तिब्र , उम्मेदवारलाई मतदाताको स्वागत

भानु खबर, नेपालगञ्ज २१ पुस / नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई मतदाताले स्वागत गरेका छन् ।

प्रचार,प्रसार तिव्र बनाउँदै उक्त प्यानलले यतिबेला घरदैलो अभियान सन्चालन गरिरहेको छ ।समावेशी प्यानलका उम्मेदवारले सोमवार धम्वोझी, नर्सिङ्गहोम, खजुरारोड, सुर्खेतरोडमा घरदैलो गरेका थिए । व्यवसायीक हकहितको एजेण्डा बोकेर आफुहरु मतदाता माझ आइपुगेको उम्मेदवारले बताएका छन् । ‘उद्योगी, व्यवसायीको भरोसाको केन्द्र बनाउने उदेश्य सहित हामी चुनावमा उत्रिएका छन् ।’– मतदातासंगको भेटमा अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने,–‘यहाँहरुको साथ र सहयोग रहने आशा गरेका छौं ।’ समावेशी प्यानलका उम्मेदवारले मतदाताको सहयोगबाट आफुहरु उत्साहित भएको बताए । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।