काठमाडौं । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका सात जना मन्त्रीहरुलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेको छ । गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा असंवैधानिक भन्दै खारेज गरेको हो ।

गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो । सर्वोच्च अदालतद्वारा रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणी थापा, गौरीशंकर चौधरी र दावा लामा असंवैधानिक ठहरपछि मन्त्री पदबाट मुक्त भएका छन्

हर्नुहाेस् फैसला

अन्तिम पटक अध्यावधिक गरिएको 124 Viewed

प्रतिक्रिया दिनुहोस्