माघीको रौनक गाउ गाउमा शुरु

मिलन केसी / चिसो चिसो मौसमको आगमनसगै सबैको घर घरमा तातो तातो न्यानो न्यानो चाड पर्बहरुले प्रबेश गरेको छ । जुन माघको पहिलो दिन मनाउने चलन छ माघे सक्रान्ती । प्राय हिन्दु धर्मालम्बीहरुले मनाउने चाडहरुमा माघे सक्रान्तीको भने एउटा अलगै पहिचान छ । जुन श्री स्वस्थानी पुजाको छैठौ दिनको आगमन पनि हो । माघे सक्रान्ती आ–आफ्नो सस्कृति अनुसार पुजा पाठ गरि मनाउने चलन छ । पश्चिम नेपालमा भने माघे सक्रान्तीको दिनलाई सानो तिहारको रुपमा लिने गरिन्छ किन भने तिहार देउसी भैलो खेली दक्षिणा लिने चलन छ भने माघे सक्रान्तीमा पाक्यो कि पाकेन भन्दै छर छिमेकीका घर घरमा गएर तातो तातो उसिनेको गन्जी, तरुल, कद्दु अनि त्यसमा पनि रातो बोतलमा मकैको खोइलाले बन्द गरेको तीन पानेको झोलको मजाले झुमिने चलनले अर्कै रौनक बनाइदिन्छ र सबै मिलिजुलि हर्ष उल्लासका साथ खाई पिइ माघे सक्रान्ती मनाउने चलन छ । यो पर्व बालबालिका देखि लिएर बुढ्यौली सम्मले रमाइलो गरि मनाउने चाड हो । भारतमा पनि यो पर्वलाई मकर सक्रान्ती भनेर भनिन्छ । नेपाल र भारत दुबै मुलुकमा यो पर्बको विशेष मान्यता छ । भारतमा भने यो पर्बमा पुजा आराधना तिलक अनि तिलका विभिन्न किसिमका लडडुका मिठा मिठा परिकारहरु बनाएर आफ्नो नातेदारहरुलाई स्वागत सत्कारका साथ खुवाइ मनाउने चलन छ । यसका साथै यहाँको एउटा विशेष लाग्ने भनेको चङ्गा उडाउने खेललाई भने एउटा छुट्टै किसिमको रौनक मान्ने गरिन्छ ।
भारत