‘सदभावको सहर नेपालगन्ज’ पुस्तक विमोचन

भानु खबर, नेपालगन्ज / मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जद्वारा प्रकाशित ‘सदभावको सहर नेपालगन्ज’ पुस्तक नेपालगन्ज उपमहानगरपालिकाको आंशीक सहयोगमा प्रकाशित लेख संग्रहीत पुस्तकको सोमबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले विमोचन गर्नु भएको छ ।

विशिष्ठ व्यक्तिहरुद्धारा लेखीएका नेपालगन्जसँग सम्वन्धित विश्लेषणात्मक लेख पुस्तकमा समेटीएका छन् । अमृत शर्मा ढकालद्धारा सम्पादित पाँच सय ३२ पेजको सो पुस्तकमा नेपालगन्जको इतिहासदेखि वर्तमान सम्मको समग्र पाटोमा प्रकाश पार्ने प्रयास गरिएको छ । नगर प्रमुख राणाले पुस्तकले नेपालगन्जको समग्र अध्यनसँगै थप अनुसन्धान गर्न मद्यत पु¥याउने विश्वास व्यक्त गर्नु भयो । नगर उपप्रमुख उमा थापामगरले अध्यनमुलक पुस्तक प्रकाशनमा उपमहानगरपालिकाको सहकार्य रहने विश्वास दिलाउनु भयो ।
पुस्तकमाथि टिप्पणी गर्दै खगेन्द्र गिरि कोपीलाले सदभावको सहर नेपालगञ्जलाई अझैं परिमार्जित गरेर थप विषयवस्तु सहित दोस्रो संस्करण प्रकाशन गर्न पनि अपील गर्नु भयो । स्रष्टा समाजका सल्लाहकार, पुस्तकका निर्देशक एवं वरिष्ठ साहित्यकार सनर रेग्मीले प्रकाशन गर्दाको अनुभव , समावेश लेख र विषयबारे प्रष्ट्याउनु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमील्सेनाले स्थानीय सरकारले पुस्तक प्रकाशनमा सहयोग गर्न कञ्जुस्याई गर्न नहुने भन्दै अपनत्व र स्वामित्व लिन पनि आहवान गर्नु भयो । स्रष्टा समाजका कार्यवाहक अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजका सचिव अमृत शर्मा ढकालले गर्नु भएको थियो भने सञ्चालन सदस्य विपी अस्तुले गर्नु भएको थियो । सोही समारोहमा लेखकलाई पुस्तकसहित पारिश्रमिक पनि उपलव्ध गराइएको थियो ।

नगर प्रमुख डा. धवल शमशेर राणा
खगेन्द्र गिरि कोपीला
अमृत शर्मा ढकाल