गण्डकी प्रदेशबाट राष्टिय सभा सदस्यमा नारायण काजी श्रेष्ठ र भगबती न्यौपाने बिजयी

भानु ।

गण्डकी प्रदेश बाट राष्टिय सभा सदस्यमा नारायण काजी श्रेष्ठ र भगबती न्यौपाने बिजयी भएका छन्।
आज भएको राष्टिय सभा सदस्य पदको निर्वाचनबाट दुबै जना भारी मतले निर्वाचित भएका हुन ।

नेकपाका तर्फबाट नारायणकाजी श्रेष्ठ (प्रकाश) ले ३४६२ मत प्राप्त गरि प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सुर्यप्रसाद रेग्मीलाई १२ सय १८ मत अन्तरले पराजित गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बिजयी भएका हुन ।

मेयरमा हारेकी भगवती राष्ट्रियसभामा विजयी

नेकपाबाटे महिला सदस्यका रुपमा चुनाव जितेर राष्ट्रियसभाको यात्रा तय गरेकी भगवती न्यौपाने पनि स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार थिइन् । तनहुँको भानु नगरपालिकामा तत्कालीन एमालेबाट मेयर पदकी उम्मेदवार थिइन् ।

पार्टी केन्द्रीय सचिवालयबाट नाम सार्वजनिक हुँदा आफैं आश्चर्यमा परेकी न्यौपाने २ पटक समानुपातिक सूचीमा नाम रहेर पनि नपरेकी अभागी नेतृ हुन् । तनहुँमा प्रभावशाली नेतृको परिचय बनाएकी न्यौपाने विद्यार्थी आन्दोलनदेखि पार्टीको विभिन्न पद र मोर्चामा रहेर काम गरेकी छन् । तिनै न्यौपाने गण्डकी प्रदेशबाट महिला सदस्यमा राष्ट्रिय सभामा निर्वाचित हुन सफल भइन् ।

न्यौपानेले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३ हजार ३ सय ६६ र गौचनले २ हजार ३ सय ४० मतभार पाए । महिला सदस्यको मतदानमा ३ भोट बदर भएको छ । न्यौपानेले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै परिवर्तका पक्षमा लड्ने बताइन् ।