४ दिवसीय साइबर सुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालीम सप्पन्न

भानु खबर, कृष्ण पाण्डे, काठमाडौ / चाईल्ड सेफ नेट(childsafenet)को आयोजना रेड सर्कल तथा डिजिटल ब्रोडकास्टिङ इन्सेटिभ इक्वएल एक्सेसक्क सहकार्यमा २३ जनवरी देखी सञ्चालन गरेको बालबालिका तथा युवाहरुको लागी साइबर सुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालीम आइतबार सम्पन्न भएको छ। काठमाडौ उपत्यका तथा बाहिरका गरि २० जना व्यक्तिहरुलाई अन्लाईन सिस्टमबाट छनौट गरि उक्त कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष अनिल रघुबंशीले बताउनुभयो । डिजिटल एज, ईन्टरनेट , सामाजिक सञ्जाल , यसको प्रयोग , ईन्टरनेटले बालबालिका तथा अन्य व्यक्तिलाई परेको समस्या, इन्टरनेटसम्बन्धि चुनौती तथा जोखिम , कानुनी प्रावधान , हालसम्मको अभ्यास , साईबर सुरक्षा सम्बन्धि ज्ञान सुरक्षीत हुने तरिका लगाएत तालीम सम्बन्धि तालिम समेत ४ दिवसीय कार्यक्रममा प्रशिक्षण गरिएको जानकारी अध्यक्ष रघुवंशीले जनाउनु भएको छ। साथै आगामी फेब्रुअरी ११ मा सुरक्षीत ईन्टरनेट दिवस (Safer Internet Day) समेत मनाउन लागिएको जानकारी दिनुभयो ।

अहिले भर्चुअल संसारले समेत ठुलो क्षेत्र ओगटेको छ। हाम्रो सामान्य हेलचेक्राई तथा अज्ञानताले हामी हरु धेरै जसो साईबर सम्बन्धि समस्या परेको हुँदा प्रत्येक नेपालीलाई साईबर सुरक्षाका बारेमा जनचेतना फ़ैलिने उद्देश्यले यो संस्था खोलिएको संस्थाका उपाध्यक्ष पुष्कर माथेमाले बताउनु भयो । यो तालिम तेस्रो प्रशिक्षक प्रशिक्षण तालिम रहेको र यो तालिम पछी प्रशिक्षकहरुले बालबालिका नवयुवाको लागी साइबर सुरक्षा बारे तालीम प्रदान गर्ने समेत जानकारी दिनुभयो।