प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन

भानु खबर, नेपालगन्ज, माघ / नेपाली पत्रकारिताका धरोहर प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको ९२ वर्षको उमेरमा आज निधन भएको छ ।नेपालगञ्‍जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आज साँझ उहाँको निधन भएको छोरा विजय कुमार गुप्ताले जानकारी दिनुभयो ।
दिउँसोतिर वान्ता भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो।नेपालगन्जको पत्रकारिता छुट्टै पहिचान बनाएका सेनानी गुप्ता किरण साप्ताहिकका सम्पादक हुन् । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि सेनानीको उपाधी दिएको थियो ।