विभिन्न कारणले मातृभूमि छाडेर प्रवासिने नेपालीको लाइन बाक्लो नै छ । परिवार सँगै जीवन जिउनेचाहाना भए पनि साहुको रिण र गरिबीले थिचेपछि चलिरहेको दैनिकीलाई बदल्नु नियति जस्तै बनेकोछ । जिम्मेवारी तथा गरिबीले मातृभूमि तथा परिवारै छाड्नु परेको तितो सत्यलाई सुन्दर शैलीमा प्रस्तुतगरिएको मौलिक लोक गीत “परदेशीको कथा” बजारमा आएको छ ।

भोलि ब्यान सबेरै हिन्न छ

त्यै भएर मेरो मन खिन्न छ..

परदेशीको कथा…

ओठको हाँसो हेर्नीलाई मनमा पिर छ अथाह ! 

राजु केसीले सिर्जना गरेको शब्दलाई गोविन्द चॉपागॉई तथा रमा राना मगरले आवाज दिएका छन् । वास्तविक जीवनको भोगाई लाईकलात्मक रूपमा निश्चल दवाडीले पर्दामा उतारेका हुन । 

दिवस थापा मगरले संगीत संयोजन गरेको गीतमा मनोज तथा सपना नेपालीको जीवन्त अभिनय हेर्न सकिन्छ । समीर रामदामले सम्पादनगरेको भिडियो शिव राजा र अनीश कार्कीले खिचेका हुन । बाबा ईन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा संगीतदवाडीकै रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 52 Viewed

प्रतिक्रिया दिनुहोस्