निर्बाचित पदाधिकारी तथा सदस्यबाट सपथ ग्रहण

भानु खबर, नेपालगञ्ज माघ / नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते भएको निर्वाचनमा निर्बाचित पदाधिकारी तथा सदस्यले आज सपथ ग्रहण गरेका छन् । बिसेष समारोह बिच निर्बाचन अधिकृत टिका जंग संघले बिजयी पदाधिकारीलाई सपथ गराउनु भएको थियो । सो कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका पुर्ब अध्यक्ष चण्डी ढकालको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

साथै महासंघ प्रदेस न ५ का अध्यक्ष गुणनिधि तिवारी , महासंघ कर्णाली प्रदेसका अध्यक्ष पदम शाही, केन्द्रिय सदस्य कृस्न प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । नेपालगञ्ज उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष नन्दलाल बैश्यले नबनिर्बाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरीलाइ कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।