भिन्टेज कलेजद्धारा विश्व साईकलयात्री पुष्कर शाह सम्मानित

सोम गुरुङ, भानु खबर, माघ / नेपालगन्जमा रहेको भिन्टेज कलेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले विश्व साईकल यात्री पुष्कर शाहलाई कलेजमा स्वागत तथा सम्मान गरेको छ । साथै सो कलेजका अध्ययनरत विद्यार्थीहरुले पकाएका नेपाली परिकारहरुले शाहलाई स्वागत गरेका थिए । विद्यार्थीहरुको आतिथ्यता तथा स्वागत स्वीकार गर्दै विश्व साईकल यात्री पुश्कर शाहले नेपाली खाना जर्गेणा गर्न पहल गरेकोले कलेजलाई धन्यवाद दिएका थिए ।

भिन्टेज कलेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्ट प्राधानाध्यापक गजेन्द्र मल्ल र प्रशिक्षक प्रमिला सारुमगरले दोसल्ला ओढाई सम्मान गरेका थिए । । भिन्टेज कलेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले नेपालगन्जमा पाककला, भोजन शिष्टचारकला, वेटर प्रशिक्षण, हाउस किपिङ्ग, वरिस्टा र वार ट्रेण्डर र फोटोग्राफी सम्बन्धि प्रशिक्षण दिदै आईरहेको छ ।

पुष्कर शाहको परिचय

पुष्कर शाह एक विश्व साइकल यात्री हुन् । राजधानी काठमाडौँ देखि झण्डै १४० किलोमिटर पूर्व दोलखाको एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका पुष्कर शाहलाई आज सबैले विश्व साइकल यात्रीका रूपमा चिन्छन् । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्वका १५० मुलुकको यात्रा गरे । केही गरेर देखाउने उदेश्य राख्नेहरूका लागि पुष्कर शाह प्रेरणाका स्रोत मात्र होइनन् एउटा विम्ब पनि हुन् ।

भिन्टेज कलेजका विद्यार्थीहरुका साथ विश्व साइकल यात्री पुष्कर शाह
भिन्टेज कलेजका प्राधानाध्यापक गजेन्द्र मल्लका साथ विश्व साइकल यात्री पुष्कर शाह

उनले १ अगस्त १९९८ मा यात्रा आरम्भ गरेको थिए भने १७ मे २०१० मा सगरमाथा चढेर आफ्नो विश्व साइकल यात्रालाई बिट मारेका थिए । यसक्रममा उनले २ लाख २१ हजार किमी दुरी पार गरे। यस्तै उनले यात्राका क्रममा सधैँजसो डायरी लेखे, टिपोट गरे, त्यसैमा आधारित भएर पछि किताब पनि समेत निकालेका छन् ।