सुरक्षित ईन्टरनेट दिवस २०७६ को अवसरमा अन्तरक्रिया सम्पन्न


कृष्ण पाण्डे, भानु खबर, नवलपरासी,माघ / वेद: सिर्जनशील संस्था सुनवलको आयोजना तथा चाईल्ड सेफ नेट (Childsafenet)को सहकार्यमा ” ईन्टरनेटको महत्त्व र चुनौती ” बिषयक अन्तरक्रिया आज सुनवल ११ केरवानिमा सम्पन्न भएको छ। हेमलक टुर एण्ड ट्राभल्स , स्मार्टलिङ्क प्रालि तथा एलिसा 7/11 मार्ट को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।उक्त अन्तरक्रिया कार्यक्रममा को सभाध्यक्षता संस्थाका कार्यबाहक अध्यक्ष रोशनी राना रहेको थियो भने समाज रुपान्तरणका लागि समाजिक अभियानका अभियान्ता बि बि खरालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रशिक्षकको रुपमा संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेय तथा प्रहरी युक्ति तालिम महाविद्यालयका प्रहरि सहायक निरीक्षक जितेन्द्र बहादुर सिंहले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा अतिथिको रुपमा सुनवल ११ का वडा सदस्य दुर्गा भुर्तेल ,उद्योग वाणिज्य संघ , नवलपरासी का जिल्ला सदस्य तथा संस्थाका मानार्थ भोला पराजुली , वाक्वाणी मा.वि. का शिक्षक टंक सुवेदी , सम्झौता महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गंगा न्यौपाने ,संस्थाका सल्लाहकार कुल बहादुर राना, पुर्व प्रहरी जंग बहादुर क्षेत्री , बाबा बर्दगोरिया आमा समूह केरबानी का प्रतिनिधि तिला डुम्रेको आतिथ्यता रहेको थियो ।
द्वय प्रशिक्षक पाण्डे र सिंहले ईन्टरनेटको परिचय , महत्व , फाइदा , चुनौती , सुरक्षा, तथा कानुनी उपचार बारे चर्चा गर्नुभएको उक्त कार्यक्रम १२:३० बाट सुरुभई ३:३० मा समापन गरिएको थियो ।कार्यक्रम संयोजक सृष्टि अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथी प्रकाश संस्थापक अध्यक्ष पाण्डेले पार्नु भएको थियो ।
अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै शिक्षक सुवेदी यस्ता कार्यक्रम आवश्यक रहेको ,शिक्षक तथा विद्यार्थीको भुमिका र सिकेको कुरा व्यबहारमा उतार्नु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै गरि सल्लाहकार कुल बहादुर रानाले हरेक सकारात्मक कार्यलाई हामी आफू बाट सुरुवात गर्नु कुरा गर्नु भयो । संस्थाका मानार्थ सदस्य तथा उ.वा.सं. सदस्य भोला पराजुलीले यो कार्यक्रम अत्यन्तै आवस्यक रहेको र वेद: सञ्जालले यस्ता महत्वपूर्ण बिषयमा काम गरिएको बताउनु भएको थियो । सुनवल नगरपालिका वडा नं.११ का वडा सदस्य दुर्गा भुर्तेलले सामान्य रुपमा सोचिएको ईन्टरनेटको महत्व र चुनौती व्यापक रहेको बताउनु भएको थियो । प्रमुख अतिथिले यस क्षेत्रमा मिलेर लाग्नुपर्ने बताउदै आयोजक संस्था संग अझ सहकार्य गर्न इच्छुक रहेको कुर उल्लेख गर्नु भयो ।

राम्रो ईन्टरनेटका संगसगै (together for a better internet ) भन्ने नाराका साथ विश्व भर मनाईएको सुरक्षीत ईन्टरनेट दिवस नवलपरासीको केरवानीमा वेद: सञ्जालले आयोजना गरेको हो। र उक्त कार्यक्रममा वाक्वाणी मा बि, सम्झौता महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लि. तथा स्थानीय गरि ९५ जना को सहभागीता रहेको उक्त कार्यक्रम आगामी दिनमा यस्तै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता सहित कार्यबाहक अध्यक्ष रानाले कार्यक्रम समापन गर्नुभयो । संस्थाबाट सुनिल थापा, लालु प्रसाद गुप्ता , कमला भट्टराई र लेखनाथ बस्यालद्वारा आवस्यक प्रवन्ध भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाको सदस्य मनिष भट्टराई गर्नुभएको थियो ।