स्वागत तथा साँस्कृतिक कार्यक्रम २०७६ सम्पन्न

जुनसुकै हालतमा स्ववियु निर्वाचन हुने- अध्यक्ष ऐन महर

समीर परियार,भानु खबर, बुटवल,माघ / बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ। अनेरास्ववियू बुटवल बहुमुखी क्याम्पस कमिटीद्वारा आयोजित स्वागत तथा साँस्कृतिक कार्यक्रम २०७६ सम्पन्न भएको हो।

मंगलवार क्याम्पस प्राङ्गणमा सम्पन्न सो कार्यक्रमको सभाध्यक्ष बुटवल बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष भरत अर्याल रहनु भएको थियो । प्रमुख अतिथिको रुपमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरको उपस्थित भै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। उहाँल जुनसुकै हालतमा स्ववियु निर्वाचन गरी विद्यार्थीका हक र अधिकारलाई सार्वजनिक गर्ने काम अनेरास्ववियुले गर्ने कुरा प्रस्ट्याउनुभयो । लोकतन्त्र प्राप्त गरिसकेपछी पनि स्ववियु निर्वाचन नहुने र स्ववियु निर्वाचन बिभिन्न बहाना बनाई गर्न नदिने शक्तीलाई स्ववियुमा खुलेर होमिन आग्रह गर्नुभयो। विद्यार्थीहरुको गौरवशाली विद्यार्थी संगठन अनेरास्ववियुलाई स्ववियु चुनावमा मतदान गरी आफ्ना हक अधिकार सुरक्षित गर्न अपिल गर्नुभयो ।

त्यसैगरि अतिथि नेकपा प्रदेश कमिटी सदस्य तथा रुपन्देही जिल्ला सचिव , बुटवल बहुमुखी क्याम्पस प्रमुख डा। शखिसरण सुवेदी,बुटवल बहुमुखी क्याम्पस पुर्व स्ववियु सदस्य,पुर्व केन्द्रीय सदस्य,नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र न २ का संयोजक तेजेन्द्र केसी तथा क्षेत्र न १ का संयोजक यज्ञ गैरे लगायतको उपस्थितमा आ-आफ्नो मन्तव्य राखेका थिए। त्यसैगरि बुटवल क्याम्पसका निवर्तमान अध्यक्ष नवीन थापा सारु, जिल्ला सदस्य शेषकान्त पोखरेल, अनेरास्ववियु रुपन्देहीका संयोजक लेखनाथ खनाल,केन्द्रीय सदस्य अनुप पोखरेल लगायतले मन्तव्य राखेका थिए।

हास्यकलाकार सुबोध गौतम, पुर्खे बा लगायत राष्ट्रिय लोक तथा दोहोरी गायक विधान कार्की, प्रिया भण्डारी, अपसर वली, शारदा पंगेनी, आकाश झा लगायतको विशेष प्रस्तुतिले माहोल तातेको थियो। त्यसै गरि क्याम्पसका बहुप्रतिभावान विद्यार्थी हरुको प्रस्तुतिले कार्यक्रममा रौनक थियोे।कार्यक्रममा नवआगन्तुक स्नातक तहका विद्यार्थीलाई मायाको चिनो प्रदान गरि स्वागत गरिएको थियोे । कार्यक्रम बुटवल बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष को स्वागत मन्तव्य र अखिल क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष टेकराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो।