नेपालगन्जमा मनसुन भ्यालेन्टाइन–२०२० बिशेष कार्यक्रम हुने

भानु खबर,नेपालगञ्ज / नेपालगञ्ज जुनियर जेसीज र नेपालगञ्ज जेसीजले बिगत वर्षझै यो वर्ष पनि प्रेम दिवसको अवसरमा नेपालगञ्जमा मनसुन भ्यालेन्टाइन–२०२० बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यही फेब्रुअरी १४ अर्थात प्रेम दिवसका दिन नेपालगञ्जको होटेल कल्पतरुमा मनसुन भ्यालेन्टाइन–२०२० बिशेष कार्यक्रम हुने भएको हो ।

पारिवारिक वातावरणका साथ मनसुन भ्यालेन्टाइन–२०२० बिशेष कार्यक्रम आयोजना गर्न लागिएको मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत नेपालगञ्ज जुनियर जेसीज वर्ष २०२० की अध्यक्ष बिमला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बिशेषतह परिवारसंग बसेर दिवस मनाउन चाहनेहरुका लागि भएको भएपनि एकल प्रबेश हुन पाउने व्यवस्था पनि रहेको छ । जुनियर जेसीजले चौथौ संस्करणका रुपमा मनसुन भ्यालेन्टाइन–२०२० बिशेष कार्यक्रम गर्न लागेको हो ।

प्रेम दिवस भन्ने बित्तिकै आम जनमानसले केटाकेटी बिच हुने प्रेम मात्र सोच्ने गर्छन, भ्यालेन्टाइन–२०२० बिशेष कार्यक्रमकी संयोजक पुजा केसी भन्नुभयो, तर परिवारमा एकले अर्कालाई गरिने स्नेह माया पनि प्रेम हो । यही पारिवारिक आदर भाव स्नेह, माया र आत्मियता बढाउन यो कार्यक्रम यो वर्ष पनि गर्न लागेको संयोजक केसीले बताउनुभयो ।
बिगतका वर्षहरुदेखि शुरु गरिएको यो कार्यक्रमले नेपालगञ्जमा यो कार्यक्रमले फरक कार्यक्रमको पहिचान बनाएको नेपालगञ्ज जेसीज वर्ष २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनुभयो ।कार्यक्रममा पेपर नृत्य, फोटोसुटका साथै बिभिन्न प्रकारका खेलहरु गरी उपहार समेत प्रदान गरिने जनाइएको छ । होटेल कल्पतरुमा साँझ ५ देखि शुरु हुने कार्यक्रम राती १० बजेसम्म मात्र संचालन हुने आयोजकले बताएको छ ।
कार्यक्रममा पारिवारका सदस्यहरुको उपस्थिति रहने हुँदा सुरक्षालाई पनि बिशेष ध्यान दिएर कार्यक्रम संचालन गर्ने जुनियर जेसीज अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा एकल प्रबेशका लागि रु १२०० रहने र जोडी प्रवेशका लागि रु २००० हजार शुल्क तोकिएको छ । कार्यक्रमा आउने व्यक्तिहरुबाट लिइने प्रवेश शुल्कमा बिभिन्न प्रकारका खानाहरुको व्यवस्था गरिनेछ ।