बढैयाताल वडा नं ७ मा दुई कोठे भवनको शिलन्यास

भानु खबर, बढैयाताल,माघ / प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बढैयाताल गाउपलिकाको समन्वयमा बढैयाताल गाउपालिका वडा नं ७ मा रहेको श्री युवक आधारभुत बिधालय बकोटीयाको २ कोठे भवन निमार्णका लागी शिलन्यास गर्ने कार्य सम्पन्न भएको छ । बर्दिया जिल्ला क्षेत्र नं १ क का प्रदेश सभासद कबिराम थारु र स्याक नेपाल बाँकेका अध्यक्ष श्री शिवलाल पाण्डेबाट संयुक्त रुपमा २ कोठे भवनको शिलन्यास कार्य सम्पन्न गरिएको छ। भने भवनको शिलन्यास कार्यक्रममा बिधालयका बिधालयका ब्यबस्थापन समितीका पदाधिकारी, शिक्षकअभिभावक संधका पदाधिकारी,अभिभवाक,परियोजना कर्मचारिहरुको सहभागीता रहको थियो ।

उदधाटन सत्रमा क्षेत्र नं १ का प्रदेश सभासद कबिराम थारुले प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेले बिगतमा यस क्षेत्रको शैक्षिक कृयाकलापमा सहयोग गदै आईरहेको र यस बिधालयमा भवन निर्माण तथा अन्य परियोजनाका गतिबिधिले बालबालीकाको शैक्षिक गतिबिधीमा टेवा पु¥याएकाले स्याक नेपाल बाँकेलाई बिषेश धन्यबाद दिदै भवनको काम समयमै सम्पन्न हुने र गुणस्तरीय भवन निर्माण हुने बिश्वास रहेको र यस क्षेत्रको शैक्षिक तथा भौतिक बिकासका लागी आफु सदैब लागी परेको बताउनु भयो । स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेबाट बिधालयमा भईरहेको परियोजनाका बारेमा बताउदै भवन निर्माण लागत मुल्य रु २९,६८,१९९ बराबरको लागत मुल्य रहेको बताउदै भवनको निर्माण कार्य भईरहदा सरोकारवालाको अनुगमन निरिक्षण हुनुपर्ने बताउनु भयो । सो कार्यक्रमको संचालन बिधालयका प्रधानाध्यापक राजेश्वर थापाले गर्नुभएको थियो ।