प्रदेश नं. ५ स्तरिय बाल संजालको अध्यक्षमा गायत्री गुप्ता

समीर परियार,भानु खबर,माघ / सामाजिक विकास मन्त्रालयको आयोजनामा २ दिने प्रदेश बाल भेला कपिलवस्तु जिल्लाको बाणगंगा गाउँपालिका वरमा सम्पन्न भयो। प्रदेश भेलाबाट कपिलवस्तुकि गायत्री गुप्ताको अध्यक्षतामा १५ सदस्य प्रदेश बाल संजाल गठन भयो।प्रदेश न ५ को १२ जिल्लाबाट ४ जना बालबालिका र एक जना बालअधिकारकर्मि गरेर माघ २८ र २७ गते २ दिनसम्म संचालन भएको बैठकले प्रदेश संजाल गठन गरेको हो।संजालको उपाध्यक्षमा मिलन बुढा मगर (रोल्पा),सचिवमा शर्मिला कुँवर(दाङ),सह-सचिवमा सुवास सुवेदी(प्युठान),सदस्यमा कृष्ण धिमिरे(नवलपरासी) सदस्यमा अंकित मिश्रा(बाँके), सुदन परियार(गुल्मी),रामकेश शाहानी(रूपन्देही),नारायण न्यौपाने (पाल्पा),सन्तुलन नेपाली(पुर्व रूकुम),सपना शाही(बर्दिया),सुनिता हरिजन(रूपन्देही),बिनिता खनाल(अर्धाखाँची),बिसनमाया विक(रूकुम पुर्व)मा रहेका छन्। कार्यक्रममा १२ वटा जिल्लाका ६० जनाको सहभागिता रहेको थियो भने ६ जिल्लाका सामाजिक डिविजन कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण बालमैत्री स्थानिय सासन तालिम राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवे, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल र युनिसेफ बाट प्रकाश कैनीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

त्यस्तै प्रदेश स्तरिय बालसञ्जाल गठन पश्चात सञ्जालको प्रथम बैठक गायत्री गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ । नव गठित सञ्जालका सदस्यहरुले प्रदेश नं ५ भित्रका बालबालिकाहरुको सवालमा पैरवी गर्ने , बाल हिंसा , दुरब्यबहार र शोषण मुक्त प्रदेश निर्माण गर्न तथा बाल अधिकारको संरक्षणकोलागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन् ।
महिंला तथा बालबालिका कार्यालय बिघटन भए संगै जिल्ला बालकल्याण समिती नरहे पछि बालबालिका ऐन २०७५ प्रदेश ५ ले ल्याईसकेको छ । जस अनुसार जिल्लामा रहेका सबै पालिकाहरुलाई समेटेर लैजानका लागि १२ वटै जिल्लामा रहेका बालबालिकाका समस्याहरु वाल विवाह, वाल श्रम तथा वालवालिकाहरु माथि हुने विभिन्न अन्याय, दुव्र्यवहारको अन्त्य गरि आफ्नो अधिकार खोज्नका लागि वालवालिकाहरुलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मन्त्रालयले जानकारी दिएको छ ।