रवि रोषी,

कतारमा रहेर व्यवशाय गर्दै आएका व्यवशायीहरुको संस्था नेपाल बिजनेश एसोसिसेसनको सहयोगमा नेपालको लागि १ करोड २० लाख वरावरको स्वास्थ्य सामाग्रीहरु नेपाल पठाइने भएको छ ।

नेपाल विजनेश एसोसिएशन कतारका अध्यक्ष महेन्द्र चम्लागाइँ तथा महासचिव रमेश भट्टको जानकारी अनुसार कतारका व्यवशायीहरुले कोरोना महामारीका कारण संक्रमित नेपाली दाजुभाई दिदिबैनीहरु स्वास्थ्य शंशाधन यथेष्ट नहुनाको कारणले पनि अनाहकमा ज्यान गुमाउन बाध्य भएको बिदेशमा रहेर आफुले हेर्न नसकेकोले स्वतस्फुर्त: रुपमा सहयोग संकलन अभियान सुरु गरिएको बताउनुभयो ।

सो संकलित रकम बरावरको स्वास्थ्य सामाग्रीहरु अर्थात ३ हजार पल्स अक्सिमिटर, ५० नसल क्यानुल, ५० वटा अक्सिजन कन्सन्ट्रेटर, र १४ वटा भेन्टिलर खरिदार्थ स्वास्थ्य मन्त्रालयलाई पठाउन लागिएको पनि जानकारी दिनुभयो ।

हामीले स्वास्थ्य मन्त्रालयलाई नै यो सहयोग हस्तान्तरण गरिने भएकोले देशका अति प्रकोपिय क्षेत्रको अवस्था हेरी कतार स्थित नियोगका महामहिम राजदूत नारदनाथ भारद्वाजको संरक्षकत्वमा नेपाल स्थित स्वास्थ्य मन्त्रालयलाई प्रदान गर्ने कुरा रफ्तार न्युज नेपाललाई एसोशिएशनका महासचिव रमेश भट्टले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 151 Viewed

प्रतिक्रिया दिनुहोस्