नेपाल प्रेस युनियन बाँकेको ११ औं जिल्ला अधिवेशनमा पत्रकारहरु सम्मानित

भानु खबर, माघ / नेपाल प्रेस युनियन बाँकेको ११ औं जिल्ला अधिवेशनमा
नेपाल प्रेस युनियन बाँकेले पत्रकारलाई सम्मान गरेको छ । ११ औं जिल्ला अधिवेशनको प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले पत्रकारहरु निक्ष्पक्ष भएर कलम चलाउनु पर्नेमा जोड दिनु भयो ।

नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको सुशील कोइराला रास्ट्रीय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार तारानाथ दाहाल, प्रेस स्वतन्त्रता सेनानी “चाचाजी” रास्ट्रीय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार धर्मेन्द्र झा र जगन्नाथ गौडेल पत्रकारिता पुरस्कारबाट पत्रकार दिपा आलेलाई नगद सहित सम्मान गरेको छ । त्यस्तै प्रेस युनियनका पुर्व अध्यक्ष नरेन्द्र थापा, मेघराज ओली, नेपालगञ्ज उपमहानगरकी उपमेयर उमा थापा लगायतलाई सम्मान गरिएको थियो ।


नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल