बालमैत्रि विद्यालय भगवती मा. वि. र बगनासकाली गाउँपालिकाविच अन्तरक्रिया सम्पन्न

समीर परियार,भानु खबर, सुनवल,फागुन / सुनवल नगरको पहिलो तथा देशमा नै पहिलो भएको बालमैत्रि विद्यालय भगवती मा वि र पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका बिच अन्तरक्रिया कार्यक्रम भगवती मा वि बनकट्टीमा सम्पन्न भयो।
भगवती विद्यालयका प्र.अ बाबुराम पाण्डेको अध्यक्षता रहेको अन्तरक्रिया कार्यकमको प्रमुख अतिथि बगनासकालि गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल रहनु भएको थियो ।शिक्षा सम्बन्धि धेरै सुचकहरू पुरा गर्न नगरपालिकासँग हातमा हात र काधमा काध राखेर काम गरेको र बालमैत्रि विद्यालय निर्माणमा केहि सहयोग चाहिएमा भगवती मा वि परिवार सधै सहयोग गर्ने प्रतिबद्धता बाबुराम पाण्डेले बताउनुभयो।
बगनासकालि गाउँपालिकाले बालमैत्रि स्थानीय शासन बनाउन कार्य गर्दै आएको र त्यहि कर्ममा विद्यालयमा पनि काम गर्दा धेरै छुनौतिहरू आएको र सो चुनौतिहरूलाई के-कसरी समाधान गर्न सकिन्छ भने कुरा सिकन बालमैत्रि विद्यालयमा आएको र बालमैत्रिको ७०% सुचक पुरा गरेको र सम्भवत यहि साल भित्र बगनासकालि गाउपालिकालाई बालमैत्रि घोषण गर्न कुरा बगनासकालि गाउँपालिको अध्यक्ष कृष्णप्रसाद बस्यालले मन्तव्यको क्रममा जानकारी दिनु भयो।
बागनासकालि गाउँपालिकाका वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू,प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ,बालमैत्रि समिति सदस्यहरू,बाल संजाल,पत्रकार,विघालय प्रतिनिधिहरू २ दिनको भ्रमणमा आएको जानकारी गराएका थिय । अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरूको सहजिकरण प्र.अ बाबुराम पाण्डे र बालक्लबका बालबालिकाले गर्नु भएको थियो।