नेपालको पहिलो बालमैत्रि नगरपालिका सुनवल र बगनासकालि गाउँपालिका विच बालमैत्रि विषयमा अन्तरक्रिया सम्पन्न

समीर परियार,भानु खबर,सुनवल,फागुन / नेपालको पहिलो बालमैत्रि नगरपालिका सुनवल नगरपालिका र बगनासकालि गाउँपालिका विच बालमैत्रि विषयमा बालमैत्रि सिकाई केन्द्रमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर भापा क्षेत्रिको अध्यक्षमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि बगनासकालि गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल रहनु भएको थियो।
बालमैत्रि सम्पर्क व्यक्ति चुरामणि नेपालको सहजिकरण रहेको कार्यक्रमको संचालन बालमैत्रि सहजकर्ता सुम्निमा पन्थिले गर्नुभएको थियो।बालमैत्रि नगर निर्माण गर्न कसरी सम्भ भयो र के कस्ता चुनौतिहरू आए र के कति सुचकमा काम गर्नुपर्छ र दिगोपनाको कसरी काम हुदैछ भने विषयबस्तुको सहजिकरण बालमैत्रि सम्पर्कले गर्नुभयो।
कार्यक्रमा सुनवल सामुदायिक अध्ययन केन्दका अध्यक्ष उमानाथ पोखरेल,पुर्व बालमैत्रि सम्पर्क व्यक्ति रेशम शर्मा,बालमैत्रि स्वयंसेवक शान्ति श्रिश,बगनासकालि गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ,सुनवल नगरपालिका वडा न ३ का वडा अध्यक्ष कर्ण बहादुर सेन ठकुरी तथा सुनवल नगर प्रमुख लगाएतले मन्तव्य राख्नु भएको थियो।
सबै जनप्रतिनिधि र बाल नेताहरूले पहिला आफ्नो घर बालमैत्रि वनाउनु पर्छ र बालमैत्रि नगर निर्माणमा लाग्नु पर्छ भनेकुरा पुर्व बालमैत्रि सम्पर्क व्यक्ति रेशम शर्माले राख्नु भयो।
सुनवलमा अहिले जे जति बिकास हुँदै छ यो सबै बालमैत्रिले गर्दा हो र म जाहा जान्छु त्यहाँ बालमैत्रि निर्माणमा काम गर्नेछु भनेकुरा बगनासकालि गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृतले मन्तव्यको क्रममा भनुभयो। बालमैत्रिको केही सुचक र गाउँपालिमा रहेको समस्या जस्तै बालबिवाह,बालश्रम जस्ता घटनाले गर्दा हामी अडकिएका थियौ तर यो भ्रमणले हामीलाई समस्याहरू सामाधन गर्न मार्गनिर्देशन गर्ने छ र यहि सालको अन्तयमा सुनवलको साथ र सहयोग भए नेपालको दोस्रो र प्रदेश न ५को पहिलो बालमैत्रि गाउँपालिको रूपमा घोषणा गर्ने कुरा मन्तव्यको क्रममा राख्नु भयो। बालमैत्रि घोषणा गर्न सजिलो छ तर त्यसको दिगोपना गर्न धेरै नै कठिन र चुनौती रूहेको र बालमैत्रि नगर निर्माण गर्न सुनवलले सधै साथ र सहयोग दिने कुरा नगर प्रमुख थापाले मन्तव्यको क्रममा राख्नु भयो ।