ओम कुमारी पौडेल -१४ औं गणतन्त्र दिवस जेष्ठ १५ गते आज । जहानिय शाह वंशको शासन अन्त्य गरि जनताद्वारा निर्वाचित जनप्रतिनिधि मुलक शासन व्यवस्था स्थापना गरिएको दिन ।

हामीले सत्य बोल्नै पर्छ ढाट्नु हुदैन हिजो वंशका आधारमा मुखिया चुनिनेहरु भन्दा एक रति कम छैनन आजका शासकहरु ।

देश रोग भोक र शोकमा छ घर घरमा मृत्युुले चिहाइ रहेको छ देशको शासक दैनिक कयौं घण्टा आत्मा कुण्ठाको पोको खोल्नमा व्यस्त छ ।

देशभरिका हस्पिटलहरुमा एउटा बेड र एक भाडो अक्सिजन र एउटा सिटामलको अभावमा मानिसको आखै अगाडि जीवन सकिइ रहेको छ ।

बचाउ बचाउ भनेर विरामीका आफन्तहरु हरेक हस्पिटलका प्राङ्गणमा रोइ रहेका छन चिच्याइ रहेका छन तर कसैले देख्दैन सुन्दैन र हेर्दैनन पनि । यस्तो लाग्छ शासकहरु झनै क्रुर झनै निर्दयी र अत्याचारी पो देखिदैछन यो सब मजाक हो केवल मिथ्या हो र बनावटी जस्तै हो जस्तै गरि चिर निन्द्रामा पो मस्त छन ।

तनहुँको भानुमा हिजै मात्रै एक २५ वर्षिया सुत्केरी सहित गण्डकी प्रदेशमा ८ जनाले अक्सिजनको अभावमा पोखरामा ज्यान गुमाउन पर्यो जति नै अलाप बिलाप गरेपनि बिरामीका परिवारले कुनै सहायता पाएनन ।

प्रदेश विपत व्यवस्थापन समिति कहाँ के गर्दैछ ? माननीय मुख्यमन्त्री ज्यु स्वयं आफै स्वास्थ्य मन्त्रीको भुमिकामा हुनुहुन्छ हिजोको यो दर्दनाक दृश्य उहाँले देख्नु भयो कि नाइ ? तनहुँका माननिय मन्त्री किरण गुरुङ दाजु लगायत अन्य माननीय जुहरु कता हुनुहुन्छ ? यो घटना कि तपाईंहरुको कानमा पुगेको छैन र ? लौ न पहिला मानिसको जीवन त बचाउ अनि अरु हिसाब किताब गर्दै गरुला ।

भानुका मेयर साहेव तपाईंको आफ्नै वडाको सुत्केरीले राज्यका कारण अकालमा ज्यान गुमाउनु पर्यो तपाईंलाई थाहा छैन कि त ? कतै नियन्त्रण भित्रै छ भानुमा परिस्थिति भन्दै पो हुनुहुन्छ कि तपाईं रुरु तारा नरेश पौडेल वडा अध्यक्ष दाइ के कारणले भयो तपाईंको गाउँकि सुत्केरी बैनिको मृत्यु रुरु तपाईं हामीले जवाफ दिनु पर्दैन परिवारलाई ? कि पोखरामा हो अरे हामीलाई थाहा छैन भन्ने र ?

हर घरमा आवाज सुनिदैछ गुहार गुहार हामी आफैंले लडेर ल्याएको व्यवस्थामा हामी नै बाच्न पाएनौ एक पेट भर्न पाएनौ हस्पिटल र औषधि उपचारको त कुरै नगरौं शुसासन त झन परै जावस हाम्रै जीवन रहेन लासको चाङ्गले शिखर छोयो ।

अहो कस्तो दर्दनाक अवस्था लौन बोलौ न सबै अब त हामीले पनि केही त गरौं । जनता आफैले लडेर ल्याएको व्यवस्थामा आफ्नै ज्यान बाच्ने नदिने हामी बचाउन नसक्ने हामी यस्तो नि छ संसारमा व्यवस्था कहिँ ?

-पौडेल नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समिति सदस्य हुन

अन्तिम पटक अध्यावधिक गरिएको 717 Viewed

प्रतिक्रिया दिनुहोस्