भानु खबर ,

भंसार तनहुँ । रोट्र्याक्ट क्लब अफ भानुले ७५ बिपन परिवालाई राहत सामाग्री बितरण गरेको छ ।

भानु नगरपालिका भित्रका १३ वडाका अपांग र आर्थिक स्थिति कमजोर रहेका परिवारलाई नेसनल इन्टिग्रेटेस डेभलपमेन्ट एसोसियसन को आर्थिक सहयोगमा एक बोरा चामल ४ पोका तेल ,३ किलो दाल,३ किलो चिनी ,साबुन ४ वटा ,१ किलो जिरा ,१पोका चियापती बितरण गरिएको हो । बाईसजागर , चाम्बास नाईसेटार ,सेपाबगैचा ,पड्केपसल ,टुहुरेपसल ,चन्दबती ,अर्चले र राईपालीभञ्ज्याङ् गएर राहात सामाग्री बितरण गरिएको छ ।

रोट्रयाक क्लब अफ भानुका चाटर प्रेसिडेन्ट सन्तोष ढकालले यसरी कार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै साथीहरुको सहयोग र अग्रजको आशिर्वादले अजै सामाजिक कार्य गर्न उर्जा प्रदान गरेको भन्दै आगामी दिन अझै बिहत रुपमा सामाजिक काममा लाग्ने बताउनु भयो !

No description available.


No description available.
No description available.
No description available.
अन्तिम पटक अध्यावधिक गरिएको 186 Viewed

प्रतिक्रिया दिनुहोस्