
प्रकाश अधिकारी – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी करिबकरिब सकिएको छ।महाधिवेशन हुने स्थल भृकुटीमण्डपमा चारतारे झण्डाले राताम्मै बनाएको छ। काठमाडौमा पूर्व र पश्चिम जिल्लाका अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौ आइसकेका छन्।
तर कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आआफ्नो प्यानल बनाउन अझै सकेका छैनन्।देउवालाई पदाधिकारी र पौडेललाई सभापति चयन गर्न मुस्किल परको छ। यहाँ प्रभावशाली नेताहरूलाई समेट्न भन्दा आआफ्नो निकट वर्ती नेतालाई उम्मेदवार बनाउन खोज्दा देउवा टिम कमजोर देखिएको छ। पौडेल पक्षले साझा उम्मेदवार बनाउन सकेको खण्डमा देउवालाई सकस पर्ने कांग्रेस वृत्तमा चर्चा छ।
यही सन्दर्भमा पार्टी भित्र हिन्दुवादीहरू नेताहरूको बुधबार गोप्य भेला बसेको छ।२०७५ मंसीर ९ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी १४०० मध्ये ७०९ महासमिति सदस्यले ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ’ भन्दै हस्ताक्षर गरेका अधिकांश प्रतिनिधि १४ औँ महाधिवेशनमा पनि आएकाले उनिहरूको माग हामीले नेतृत्व लिएर अगाडि बढ्नुपर्ने भेलामा आवाज उठेको छ।
स्वर्गीय खुमबहादुर खड्काको यो एजेन्डालाई निरन्तर तत्कालीन समयदेखि हालसम्म अडिग भइ अभियान चलाउदै आएका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीलाई नेतृत्व गर्ने दबाब दिएका छन्। सहभागीले पार्टीमा अराजक प्रवृत्ति हावी हुदै गएको कारण हाम्रो हिन्दुवादी समुह यस महाधिवेशनमा आफ्नो पोजिसन लिन पर्ने जोड दिएका थिए।
महाधिवेशनमा आफू निकटहरूसंग केही दिन देखि दैनिक छलफल गर्दै आएका नेता भण्डारीले भने मुख खोलिएका छैनन्। नेता भण्डारीले भने बिहिवार दिउसोसम्म निर्णय लिने बताए।