
भानु खबर । तनहुँको भानु नपा वडा ५ मा प्रथम रङ्गनाथ पौडेल स्मृति वडा स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता-२०७८ हुने भएको छ ।
भानु नपा वडा ५ कार्यलयको आयोजनमा तथा देविपानी युवा क्लब बारीफाँटको सहयोगमा उक्त खेल चैत्र २९ देखि २०७९ बैशाख १ गते सम्म हुने भएको हो ।
फुटबल प्रतियोगितामा सहभागी हुन भानु-५ भित्रका सम्पुर्ण क्लबहरुलाइ आयोजकले अनुरोध समेत गरेको छ ।