भोला थापा , भानु खबर ।

तनहूँको भानु नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट मेयरको उमेदवारी घोषणा गरेका श्रीराम पौडेल अहिले जनताको घरदैलोमा चुनावी क्रियाकलापमा दिनरात खटिरहेका छन ।
यहि वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भानु नगरपालिका मेयरको उम्मेदवारका रुपमा उनलाई पार्टीको जिल्ला समितिले सर्वसम्मत अगाडी बढाएको छ ।
राजनीतिले व्यक्तिको स्वभाव, परिवार, समाज र देश परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्ने पौडेल गाउँगाउँ डुल्दा आम जनतामा निराशा मात्रै भेटिएको भन्दै पौडेल राजनीतिकै मार्फतबाट जनतामा आएको निराशालाई खुसीमा परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताउछन ।

काठमाडौँमा रहँदै आएका पौडेल शैक्षिक र सामाजिक क्षेत्रमा पिरिचित छन भने भानु नगरपालिकालाई समृद्ध बनाउन आफू सक्षम र योग्य उम्मेदवार रहेको दाबी समेत गरेका छन ।

भानु नगरपालिकालाई आगामी पाँच वर्षभित्र देशकै एक नम्बर नगरपालिका बनाउने लक्ष्यमा रहेका पौडेलले ‘आत्मनिर्भर भानु, स्वाबलम्बी भानुबासी, जनविकासका लागि नेकपा एकीकृत समाजवादी’ साथै मेकिङ भानु (भानु बनाउने) चुनावी प्रचारमा उनको मुल नाराका साथ अगाडी बढिरहेका छन ।
एक घर एक व्यवसाय अभियान सञ्चालन गर्ने, भानुबासीको स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने ,पर्यटन, संस्कृति, साहित्यको क्षेत्रमा पनि आमूल परिवर्तन गरी नगरलाई समृद्ध बनाउने उनका अन्य धेरै योजनाहरु छन ।

नेपाल शैक्षिक परामर्श संघको केन्द्रीय सदस्यको जिम्मेवारी समेत बहन गरिसकेका पौडेल काठमान्डौ बालाजु जेसिजका संस्थापक अध्यक्ष समेत हुन , उनले भानु नगरपालिकालाई पाँच वर्षभित्र डिजिटल भानु बनाउने जोडका साथ चुनावी मैदानमा पक्का पक्की आईसकेका छन ।

सबैका घरमा निशुल्क वाइफाइ सुनिश्चित गर्ने, नयाँ सडक खन्ने नाममा हचुवामा जथाभावी डोजर नचलाइने , डाँडामाथि भ्यु टावर नबनाउने, रिङरोड निर्माण र नगरबस सञ्चालन गर्ने लगायतका थुप्रै योजना रहेका नेकपा एकीकृत समाजवादी तनहुँका सचिवालय सदस्य पौडेल भानुमा कृषि र पशुपालनबाट नै नागरिकलाई धनी बनाउने बताउछन ।

पौडेलले शुरुको दुई वर्षमै भानुमा कृषि उत्पादन दोब्बर बनाउने गुरु योजना रहेको र नीति तथा कार्यक्रम लागू गर्ने, संघीय सरकारबाट वितरण हुने समाजिक सुरक्षा भत्तामा नगरले शतप्रतिशत थप गरी बैंकमार्फत भुक्तानीको व्यवस्था समेत गर्ने बताएका छन ।

गठबन्धनको टुङ्गो हाल सम्म नलागेको भानुमा गठबन्धनले कसलाई मेयरमा उम्मेदवार बनाउने भन्ने आज सम्म पत्ता लाग्न भने सकेको छैन, तर समाजवादीको तर्फबाट पौडेललाई मेयरमा सिफारिस गरे पनि गठबन्धनका कारण पौडेलले मेयर पद पाउने कि नपाउने हुन भन्ने भानुबासीहरुको सोचनिय विषय बनेको छ ।
भोली गठबन्धनले मेयरमा अन्य पार्टीको उम्मेदवार उठाएको खण्डमा पौडेलको सम्भावना के छ त भन्ने तर्कमा पार्टिमा व्यापक छलफल समेत चलिरहेको भित्री स्रोतले जनाएको छ ।

भानुमा हाल युवाहरु माझ मेयर पदको उम्मेदवारीका लागी चर्चामा रहेका पौडेल आफुले ‘भानुमा मेयर पद छाड्न हुँदैन भन्ने दबाब समेत बढाइरहेका छन तर अन्तिम अवस्थामा गठबन्धनको निर्णय मान्नु पर्न उनको बाध्यता रहेको तर समाजवादीले मेयर पाए-नपाए पनि पार्टीलाई जिताउने आफ्नो दायित्व रहेको उनि बताउछन ।

अन्तिम पटक अध्यावधिक गरिएको 306 Viewed

प्रतिक्रिया दिनुहोस्