निलसागर आश्रम कोहलपुर शाखाले मनायो प्रथम वार्षिक उत्सव

भानु खबर , नेपालगंज, १९ / निल सागर सेवा आश्रम कोहलपुर शाखा कार्यलय को प्रथम वार्षिक उत्सव कोहलपुरमा शाखा कार्यलयमा दिप प्रज्वलन गरेर प्रथम उत्सव मनाईएको छ।३ वर्ष अगाडि बाट नेपालगन्जमा सुरु गरिएकोे निल सागर वृद्धा तथा अनाथ आश्रम बाँकेको नेपालगन्ज , कोहलपुर , बर्दिया , दाङ, पाल्पा, गरि ५ ठाउँमा शाखा बिस्तार गर्दै गर्दा कोहलपुर शाखाले औपचारिक रुपमा दिप प्रज्वलन गरेर कोहलपुर निलसागर आश्रम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ भन्दै दिप प्रज्वलन गरेर उत्सव मनाईएको थियो।
साँझ ५:३० बजे बाके जिल्लाको कोहलपुर नगरपालिका का अभिभावक मेयर आदरणीय लुट बहादुर रावत, माननीय सविधान सभाका सदस्य एवं निल सागर कोहलपुरका प्रमुख अभिभावक अमर राज शर्मा ( देवराज भार ) प्रमुख अभिभावक समाजसेवी विजय गुप्ता ज्यु, सस्थापक अध्यक्ष सरिता खनाल, बाके होटेल एसोसिएसनका सह कोषाध्यक्ष राज कुमार विक ज्यु, आभास पुनस्थपना केन्द्रका सञ्चालक आभाष गिरि , डाइनामिक समाजसेवी अन्जु , बाँके खजुरा कि समाजसेवी इन्दिरा खड्का ज्यु , कोहलपुर कि सामाजिक महा अभियान्ता दीक्षा विसि लगाएतको उपस्थितिमा कोहलपुर शाखामा दिप बालेर कार्यक्रमको सुरुवात भयो।
उक्त कार्यक्रममा निलसागर आश्रम कोहलपुर शाखाको सम्पुर्ण सहयोगी, शुभेच्छुक, अभिभावकज्यूहरुको उपस्थिती रहेको थियो भने उपस्थित सम्पुर्णलाई निलसागर आश्रमको अभिभावक माननीय देभराज भारले स्वागत मन्तव्य राख्नु भएको थियो भने निलसागर आश्रमको अभिभावक विजय गुप्ताले उपस्थित सम्पुर्णलाई कृतज्ञता शुभकामना दिनु भएको थियो।

मानवीय सेवामा हरदम साथ सहयोग गर्दै आउनुहुने निलसागर आश्रम कोहलपुर शाखाको अभिभावकज्यूहरुलाई धेरै धेरै साधुवाद, धन्यवाद व्यक्त गर्न चाहन्छौँ साथै अागामी दिनमा पनि हजुरहरुको मार्गदर्शन पाईराख्ने आशा राख्दछौँ भन्दै निलसागर आश्रम कि सस्थापक अध्यक्ष सरिता खनालले उपस्थित निलसागर अभियान्ता , अतिथि ज्युहरुलाई धन्यवाद राख्नु भएको थियोे भने यश निलसागर कोहलपुर शाखाको प्रहिलो वार्षिकोत्सब कार्यक्रम सञ्चालन भने नेपालगन्ज पिके ईभेन्टका डाइरेक्टर प्रकाश कुवरले गर्नु भएको थियोे।