तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा न. ५ विजयी

समीर परियार,सुनवल,फागुन /पश्चिम नवलपरासीको सुनवल १३ बडेरा स्थित सहिद स्मृति रंगशालामा फागुन १६ गते बाट सुरू भएको तेस्रो मेयरकप फुटवल प्रतियोगिता जारी छ । आज वडा न ३ र वडा नं ५ बिच भएको खेलमा १–० गोल अन्तरले वडा नं ५ बिजय भएको छ । खेलको पहिलो हापको ३२ औ मिनेटमा जर्सि नं ७ का खेलाडि सागर गुरूङले पहिलो १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।

आजको खेलमा वडा नं ५ का जर्सि नं ९ का खेलाडि रेहित धिमिरे म्यान अफ द म्याच घोषित भएका छन् ।साथै आजको खेलको पहिलो गोल गर्ने खेलाडी सागर गुरूङलाई रोयल स्पोर्ट भुमहीका धर्मेन्द्र अग्रहरीले एक सेट कीट जुत्ता प्रदान गरिएको थियो सुनवल नगरपालिकाको तेस्रो नगर स्थापना दिवसको अवसर पारेर बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तेस्रो मेयरकप फुटवल प्रतियोगिता आयोजना गरिएको हो । यसैगरि भोलि दिउसो २ बजे वडा नं १ र ८ बिच सेमिफाइनल खेल हुने खेलका संयोजक तथा वडा न १२का वडा अध्यक्ष यमलाल पाण्डेले जानकारी दिनु भयो ।