न्यु स्टार आ.मा.वि.को २२ औ वार्षिकोत्सब सम्पन्न

समीर परियार,सुनवल,२४ फागुन / सुनवल नगरपालिका वडा न. ५ मा अवस्थित न्यु स्टार आ.मा. विको २२ औ वार्षिकोत्सब तथा अभिभावक भेला आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद सापकोटाको अध्यक्षता तथा विद्यालयका प्र.अ कृष्णप्रसाद काफ्लेको विशेष आतिथ्यतामा भएको थियो। कार्यक्रममा मोटिभोस्नल स्पिकर डोलराज पराजुलि(म्याज्ञनेट),रेडियो त्रिवेणीका मनोज भूजेल,गण्डकी आजका संवाददाता,पूव विद्यालय सह-प्र.अ. यमजित मल्ल,शिक्षकशिक्षिका,अभिभावक,विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूले आ-आफ्नो गायन तथा नृत्य कलाहरू अभिभावकहरूको माझ प्रस्तृतिकरण गरेका थिए भने अभिभावकहरू पनि खुसि हुँदै आफ्ना बाबुनानिहरूसँग रमाईलो गरेका थिए। कार्यक्रममा डोलराज पराजुलीले अभिभावकहरूलाई शिक्षा र बालबालिकाहरूलाई कस्तो वातावरणमा राख्नुपर्छ र ज्ञानको भुमिका विषयमा अभिभावकहरूफाई सहजिकरण गर्नु भएको थियो। सहजिकरण गर्दै प्रशिक्षकले अभिभावकहरूको परीक्षा पनि लिनु भयो र जिवनमा शैक्षिक परीक्षा र त्यसको नतिजा भन्दा पनि जिवनमा आउने परीक्षा र नतिजा ठुलो हुन कुराको वोध गराउनु भयो।शैक्षिक सत्र २०७६ सालका सम्पूर्ण शैक्षिक र खेलकुदका पुरस्कारहरू पनि वितरण गरिएको थियो। यसै गरि विद्यालयका प्र.अ.द्वारा वार्षिक प्रगति प्रतिवेद पनि परस्तृत गरिएको थियो।
नजिकै राम्रो र गुणस्तरीय शिक्षा बालबालिकाले प्राप्त गर्ने पएका र शिक्षा सँगै दैनिक जिवनमा काम लाग्ने कुरा पनि आर्जन गरेका छन् जसले गर्दाे बालबालिकाहरू कहिले पनि पछि पर्नु परेको छैन भन्दै कार्यकममा बोल्दै एक अभिभावकले विद्यालयलाई धन्यवाद दिनु भयो।
विद्यालयले हाम्रो कलालाई प्रस्फुटन गर्नको लागि पोलाटफम प्रदान गरेको र सहज बालमैत्री वातावरणमा अध्ययापन गराएको र अब आउने ए.ई.इ परीक्षामा राम्रो अंक सँगै राम्रो मार्दशनमा हिड्ने कुरा कक्षा १० का विद्यार्थी एलिसा भण्डारीले बताउनु भयो।
बालबालिकाहरूले राम्रा चित्रहरू प नि बनाएका थिए र त्यो सबै चित्रहरू चित्र प्रदेशन गरिएको थियो।विद्यालयलाई अझै धेरै सहज र व्यावाहारीक शिक्षाको माध्यमबाट विद्यालयलाई अगाडि बढाउने कुरा प्र.अले जानकारी दिनु भयो।
विद्यालयकी शिक्षिका रूद्ध कुमारी कंण्डेलको संचालनमा रहेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक केशव वि.कले राख्नस भएको थियो । कोरोना भाईरसको कारणले कार्यक्रम नगर्न आदेश आए पनि अभिभावक भेलाबाट कोरोनाको सेचतना पनि गर्ने र अभिभावकलाई विद्याथी शिक्षाको मारी बारे जानकारी दिन र आज महिला दिवस पनि भएकोले गर्दा कार्यक्रम आयोजना गरेको कुरा विद्यालयका शिक्षिका तथा कार्यकम संचालक कण्डेल ले जानकारी दिनु भयो। कोरोनाको बारेमा कक्षा कक्षा पनि जनचेतना गरेको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले जानकारी दिनु भयो।