कोरोना भाइरसको सचेतना फैलाउदै नेपालगन्ज जेसिज पदाधिकारीले होली मनाए

भानु खबर, नेपालगन्ज, फागुन / नेपालगन्ज जेसिजले होली मिलन कार्यक्रम गरेको छ। कोरोनाको जोखिमका कारण भव्य कार्यक्रम नगरी जुनियर जेसिज लगायत बिबिध सङ् संस्थाका बीच होली मिलन कार्यक्रम गरिएको जनाएको छ ।
नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठ जुनियर जेसिज अध्यक्ष बिमला श्रेष्ठ,पुर्ब अध्यक्ष मधु स्वार, नेपालगन्ज जेसिजका पुर्ब अध्यक्षहरुमा रबिन्द्र कर्ण, पूर्णलाल चुके, विशाल बिक्रम बर्मा, बिकास कर्माचार्य एक आपसमा अबिर लाएर शुभकामना आदानपप्रदान गरिएको थियो । कोरोना भाइरसको जोखिमका कारण सरकारको निर्देशनमा सभा, सम्मेलन, मेला महोत्सव र भेला भएर होली खेल्न रोक लगाइएको छ । त्यसैले पनि नेपालगन्ज जेसिजले सचिबालयमा होली मिलन कार्यक्रम गरेको अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिय। सदभाव सहितको होली कोरोना भाइरसदेखि बचौ र बचाऔं भन्ने मुल नाराका साथ होली मिलन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सन्योजक प्रशान्त कुमार चौबेले बताए ।धुमधामका साथ होली पर्वलाई मनाउनु साथै देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट हामी सवै सचेत रहन जरुरी रहेको अध्यक्ष प्रज्वल श्रेष्ठले बताए।