भवानी निमावि भवानीपुर र नेपाल राष्ट्रिय निमावी गोब्रेपुरमा खानेपानी धारा जडान

बढैयाताल( बर्दिया) २९ फागुन / बर्दिया जिल्लाका बढैयाताल गाउँपालिकाको वडा नं.३ मा अवस्थित श्री भवानी निमावि भवानीपुर र नेपाल राष्ट्रिय निमावी गोब्रेपुरमा २ वटा खाने पानी जडान गरिएको छ ।
नेपाल ग्रेस कम्युनिटी नेपाल , बाँकेले सो विद्यालयमा स्वच्छ खाने पानीको अभाव भएको कारण खानेपानी धारा सहयोग गरेको नेपाल ग्रेस कम्युनिटी नेपाल , बाँकेका अध्यक्ष शेर बहादुर बोहराले जानकारी दिए । सो खानेपानी जडानको लागि बेलभार प्रहरी चौकी, बाँकेका इन्चार्ज कुल बहादुर विक र नेपाल राष्ट्रिय निमावी गोब्रेपुरका विद्यालय ब्यवस्थापन समिति सदस्य पदम बहादुर बुढा मगरले विशेष पहल गर्नु भएको थियो । साथै नेपाल राष्ट्रिय निमावी गोब्रेपुरका विद्यालय ब्यवस्थापन समिति सदस्य पदम बहादुर बुढा मगरले नेपाल राष्ट्रिय निमावी गोब्रेपुरलार्य मावि बनाउनको लागि विभिन्न सरकारी, गैरसरकारी संघसंस्थासँग सहकार्य गर्नुभएको छ । सो खाने पानी धाराको उद्घाटन नेपाल ग्रेस कम्युनिटी नेपाल , बाँकेका अध्यक्ष शेर बहादुर बोहरा र बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला विकले गर्नुभएको थियो ।