राजेश कार्की
भानु खबर –नेपाली काङ्ग्रेस भानु नगर कार्य समितिको बैठकले आसन्न स्थानीय निर्वाचनको नगरको कार्यतालिका अनुसार भानुको विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रममा तिब्रता गरेको छ ।
समितिले वडा सभापति दिपक थापाको सभापतित्वमा भानु–५ का विभिन्न टोलहरु गोल्डुङ,पोखरीथोक,मैबल हटिया,मैबलकोट,गरम भन्ज्याङ्ग,नाबरुङमा लगायतमा कार्यक्रम घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

भेटघाटको क्रममा जनताहरुले मैबल लगायतका माथिल्लो भेगमा एउटा स्वास्थ चौकी,खानेपानी,खेल मैदान लगायत अन्य बिविध कुराहरुको आवश्यकता रहेको बताए ।

जनताहरुको जायज मागलाइ सम्बोधन गर्दै मेयर उम्मेदवार आनन्द राज त्रिपाठीले निर्वाचन अगाडि बोलेर आश्वासन दिनु भन्दा निर्वाचन जितेपछि नै काम गरेर देखाउने र आफु काम गर्न कै लागि बिदेशी बिलासिता त्यागेर नेपाल बसेको र अब काम गरेर देखाउने समय आएको हुदा ढुक्क भएर नेपाली काङ्ग्रेसका सबै उम्मेदवारहरुलाइ जिताउन आग्रह गरे ।

कार्यक्रममा जिल्ला सचिव सहदेब अधिकारी ,महसमिती सदस्य चिनु पोख्रेल,जिल्ला सदस्यहरु रामकृष्ण बिक, राजकुमार श्रेष्ठ,क्षेत्रीय सह(सचिव शैलेस खाती,जिल्ला विशेष सल्लाहकार अर्जुन बहादुर अधिकारी,प्रदेश प्रतिनिधि तिर्थमाया पौडेल,नगर सभापति रामकुमार श्रेष्ठ उपसभापति उर्मिला पन्त,सह(सचिव सुदिप केसी ,वडा अध्यक्ष प्रकाश मल्ल, क्षेत्रीय प्रतिनिधि,नगर सदस्य ,वडा कार्य समिति ,तरुण दल भानुका युवाहरुको समेत उपस्थिति रहेको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 573 Viewed

प्रतिक्रिया दिनुहोस्