मिस नेपालको अडिसन नेपालगंजमा शुरु

भानु खबर, ३० फागुन / द हिडन टिजरले शुक्रबार आयोजना गरेको अडिसनमा नौ जना सहभागी भएका छन् ।यस अघि आयोजना गरिएको अभिमुखिकरण तालीममा ४२ जना सगभागी भएका थिए। द हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आजको अडिसनमा छुटे पनि आधिकारिक वेबसाइट व्व्व.missnepal.com.np मा गएर आवेदन दर्ता गर्न सक्नेछन्,मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने नेपालगञ्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिएका छन्।
हिजो भएको ओरेन्टेसन कार्यक्रममा हामिले संख्या भन्दा गुणस्तर लाई ध्यान दिने कुरा ओरेन्टेसनमा जानकारी दिएका थियौ फलस्वरूप आज नौ जना सहभागीले भाग लिएका थिए। यो नेपालगन्जमा अहिले सम्मकै सबैभन्दा राम्रो गुणस्तरीय सहभागिता भएको द हिडन ट्रेजरका डाइरेक्टर प्रमोद कसंकारले बताए ।
मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाडौं बोलाइने मिस नेपाल सुपरानेसनल २०१९ रोज लामाले बताए। मिस नेपालमा १८ वर्षदेखि २६ वर्ष उमेर समूहकाले अडिसन लिन पाउनेछन् । नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठ, द हिंडन ट्रेजरका कन्सकार र मिस नेपाल सुपरानेसनल २०१९ रोज लामा ले अडिसन लिएको कार्यक्रमको संयोजक प्रकाश कुंवरले बताए । आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ र छनौट भएका हरुलाइ पछी खबर गर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।द हिडन ट्रेजरले नेपालगन्ज जेसिज सङ्गको सहकार्यमा उक्त अडिसन गरेको थियो।