दोहा – कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले गर्मीमा काम गर्ने समय तोकेको छ ।
कतारमा १ जूनदेखि १५ सेप्टेम्बरसम्म गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि समय सीमा तोकिएको हो । जसअनुसार कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काममा लगाउन नपाउने जनाएको छ ।
उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।
प्रचण्ड गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न आग्रह गरिएको छ । तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 113 Viewed

प्रतिक्रिया दिनुहोस्