संचारकर्मी राजेश बि. सी.को गीत सार्वजनिक

भानु खबर,नेपालगन्ज / बिदेशिएका युवाहरुको कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । राम प्रसाद आचार्यको शब्द संगीत रहेको गितमा गायक प्रमोद डिजीको स्वर रहेको छ । घरपरिवार सँग बस्ने रहर हुँदाहुँदै पनि बिदेशिए पछि त्यहाँ हुने अप्ठ्यारोको बारेमा तयार गितको भिडियोमा संचारकर्मी राजेश बिसी,अमर शाही र मोनिका खड्काको अभिनय रहेको भिडियो पारिवारिक तथा सन्देश मुलुक रहेको प्रमोद डिजिले जानकारी दिएका छन् ।