केन्द्र विवाद समाधान गर्न भानु नगरपालिका उपप्रमुख आशा थापाद्धारा सरोकारवालाई आग्रह

भानु, भानु नगरपालिकाको केन्द्र सार्ने विषयको विवाद समाधान गर्न उपप्रमुख आशा थापाले सरोकारवालालाई आग्रह गर्नु भएको छ । उपप्रमुख थापाले शुक्रबार एक विज्ञेप्ती प्रकाशित गरि आब्हान गर्नु भएको हो ।

विज्ञेप्तीमा भानु नगरपालिका–१ भन्सार स्थित साना सहरी आयोजनाको कार्यलयमा माघ २३ गते म लगायत केही केही वोर्ड सदस्यहरुको असहमती हुँदा हुँदै गरिएको छैटौं भानु नगर सभाले नगरको केन्द्र फुस्रेटारबाट भानु–१ भन्सार आसपासको क्षेत्रमा सार्ने निर्णय गरिएको यस सम्बन्धमा आन्दोलन, बादविवाद, वार्ता, संवाद चलिरहँदा म भने समस्याले उचित निकासा पाउने अपेक्षाले मौन बसिरहेको विज्ञेप्तीमा उल्लेख गर्नु भएको छ ।

यति लामो समय सम्म पनि निकासको कुनै सम्भावना नदेखिएकोले एउटा जिम्मेवारी जनप्रतिनिधी वा उपप्रमुखको हैसियतले नगरवासी प्रति मैले केही कुरा भन्नु पर्ने कतव्य बोध गरी यो प्रेस विज्ञप्ती मार्फत धारणा व्यक्त गर्नु भएको उपप्रमुख थापाले विज्ञेप्तीमा जनाउनु भएको छ ।

‘नगरपालिकामा नगर सभा नबसेर तीन दिनको तालिम भनि लगेर हामीहरु असहमती हुँदा हुँदै केन्द्र सार्ने जस्तो गंभिर र दिर्घकालिन प्रभाव पार्ने आम नागरिकसँगको सरोकार राख्ने विषय विना संवाद, वहस, छलफल नगरी बहुमतको आडमा निर्णय लिन खोजिनु अप्रिय एवं गैर कानुनी कुरा हो ।’ उपप्रमुख थापाले भन्नुभयो ।

यो कार्य नागरिक एवं तमाम मतदाता प्रति अपमान भएको र जसले गर्दा महिनौं दिन नगरपालिकामा विकास निमार्णको काम ठप्प भएको उल्लेख गरिएको छ । नगरपालिकाका अशान्तमय, आन्दोलित र निराशा लाग्दो कार्य भएको छ । यो पक्ष र त्यो पक्ष भनेर नगरवासीमा भिडन्त र मुठभेड बढ्ने सम्भावना देखिएको छ । योजना हरु अलपत्र छन् ।

नगरको केन्द्र नागरिकको लागि हो यस्तो गंभिर विषय र बुद्धिमानी निर्णय लिन आवश्यक छ । तसर्थ दुवै तर्पmका वार्ता समिति, नगरप्रमुख, अब गर्ने भनिएको सर्वदलिय वैठकका जिम्मेवारी व्यक्तिहरुले कुनै पक्ष, विपक्ष नभनि, सबै नागरिकहरुलाई चिक्त बुझ्ने गरी वृहत छलफल, संवाद, चलाएर कोही कसैको मान, सम्मानमा चोट नलाग्ने कुनै पनि ठाउँको ऐतिहासिकता, पहिचान र गरिमामयलाई गुम्न नदिई कसैलाई काखा र पाखाँ नगरी विधि सम्वत निर्णय निकाली भानु नगरमा सुशासन कायम गर्न एवं सबैजना प्रतिनिधी, कर्मचारी,राजनैतिक दल, आम नागरिक बीच हार्दिकता, माया, प्रेम र विश्वासको वातावरण सृजना गर्न हुन यो प्रेस विज्ञेप्ती मार्फत अनुरोध गर्दै सम्पूर्ण १३ वटै वडाका भानु वासीहरु प्रति मेरो सम्मान, माया, ममता रहेको व्यहोरा स्मरण गराउन चाहन्छु भनि उपप्रमुख थापाले भन्नुभएको छ ।