
विद्यालयलाई भोलिबाट नै सुचारु प्रक्रियामा लैजाने-नगरप्रमुख त्रिपाठी
सुजन थपलिया
भानु खबर ।
भानु नगरपालिकाका नगरप्रमुख आनन्द राज त्रिपाठीले गत २ बर्ष देखि बन्द रहेको भानु–४ चिसापानी स्थित सरस्वती प्राथमिक विद्यालयको अनुगमन गरेका छन ।
भानु नपा ४ का बासिन्दाहरुले आफ्ना केटाकेटीको पढाईमा असर परेको भन्दै अभिभावक आग्रहले भानु नगर प्रमुख आनन्द राज त्रिपाठि, उप प्रमुख उमा गोतामे ,प्रशासकिय अधिकृत चन्डिका पौडेल , भान–४ वडा अध्यक्ष अर्जुन बोहरा लगायतको टिम उक्त विद्यालय अनुगमन गरेका हुन ।
अनुगमनको क्रममा नगरप्रमुख त्रिपाठीले विद्यालयलाई भोलिबाट नै सुचारु प्रक्रियामा लैजाने र नगरपालिका र आफुले सक्दो सहयोग प्रदान गर्नै प्रतिबद्धता व्यक्त गरेका थिए ।


