निराज रानाभाट , हेटौंडा , मकवानपुर : स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करण – २०७९ , मकवानपुर अन्तर्गत जेठ २१ गते , शनिबार ( अाज ) को लागि तय भएको फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी ( एपिएफ ) क्लबबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

पिप्ले – क्याम्पा रंगशालामा शनिबार ( अाज ) दिउँसो ०३:०० बजेदेखि शुरू हुने भनिएको खेल निर्धारित समयदेखि लगातार वर्षासँगै खेल मैदान हिलो भएको कारण स्थगित भएको हो ।

यस्तै , आयोजकले एक सूचना जारी गरि उक्त खेल जेठ २२ गते , अाइतबार ( भोलि ) बिहान ०८:३० बजे हुने जानकारी गराएको छ । यस खेलको विजेताले क्वाटरफाइनलमा ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्ने छ ।

प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब , नेपाल पुलिस क्लब , सशस्त्र प्रहरीको ( एपीएफ ) क्लब , मनाङ मस्र्याङ्दी क्लब , फ्रेण्डस् क्लब , खुमलटार युथ क्लब , नव जनजागुती युवा क्लब सिमरा , वाग्मती युवा क्लब सर्लाही , विजय युथ क्लब हेटौंडा , चितवन – ११ , चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि १२ टोलीको सहभागीता रहेको छ ।

त्यस्तै , प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उप – विजेतालाई १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 68 Viewed

प्रतिक्रिया दिनुहोस्