वेद संजालको सकृयतामा एसईइ विशेष अनलाइन कक्षा संचालन शुरु

समीर परियार,सुनवल,चैत /पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित वेद सिर्जनशिल संस्थाको सकृयतामा एसईई विशेष अनलाइन कक्षा संचालन भएको छ।चैत ६ गते हुने भनेको कक्षा १० को एसईई परीक्षा कोरोना भाईरस(कोभीड-१९)ले गर्दा स्थगित भयो। सो स्थगित पछि नेपालमा पहिलो चरणको लकडाउन भयो र सो समाप्त पछि पुर्ण दोस्रो चरणको लकडाउनमा छै। यो कोरोना र लकडाउनले गर्दा बालबालिकामा त्रास छाएको छ जसले गर्दा बालबालिकाले गरेको तयारीलाई असर पर्ने भएकोले यो लकडाउनको अवदीमा एसईई कक्षा संचालन गरेको संस्थाले जनाएको छ।

विशेष अनलाइन कक्षामा अंग्रेजी,विज्ञान र गणीत विषयलाई प्राथमिकता दिएर छ। अंग्रेजी विषयको कक्षा कृष्णा अधिकारी,विज्ञान विषयको लियो दुर्गा उपाध्याय ,गणित विषयको अध्यापन केशव भट्टराईले गराउनुहुन्छ। कक्षा ११ बजे देखि २ बजे सम्म संचालन हुनेछ।यो अनलाइन कक्षामा ८० जनालाई एकै पटक अध्यापन गराउन सकिने कुरा संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनु भयो।