निराज रानाभाट , भानु , तनहुँ : नेपाल निजामती कर्मचारी युनियन तनहुँका सभापति नारायण अधिकारीको अध्यक्षतामा जेठ २५ गते , बुधबार ( आज ) भानुमा एक कार्यक्रम गरि भानुका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । भानुबाट निर्वाचित नगर प्रमुख आनन्द राज त्रिपाठी र उप – प्रमुख उमा गोतामे लगायत जन प्रतिनिधिलाई बधाई तथा शुभ – कामना ज्ञापन कार्यक्रममा युनियनका केन्द्रिय सदस्य काशिराम पण्डितको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै भानु नगर पालिकाका प्रमुख आनन्द राज त्रिपाठिले आफू सधैं कर्मचारीसँग सहकार्य गरेर अघि बढ्ने र कसैलाई नि पक्षपात नगरी अगि बढ्ने कुरा बताए साथै नगरपालिकाले बन्द गरेको खादा लगाउने अभियानमा एकिबधता जनाउदै खादामा हुने खर्चको कटावत गरि कपि – कलम उपलब्ध गराउनु भएकोमा युनियनलाई नगरको तर्फबाट धन्यवाद ज्ञापन गरे । भानु नगरपालिकालाई खादा रहित बनाउने लक्ष्य राखेका भानु नगर प्रमुख आनन्द राज त्रिपाठीको संकल्पनुसार सो खादामा खर्च हुने बराबरको रकमबाट गरिब , जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नको लागी सम्मान स्वरूप शैक्षिक सामग्री प्रदान गरिदिनुहुन यस अगाडि नै सबै सग नगर प्रमुख त्रिपाठीले आग्रह पनि गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 80 Viewed

प्रतिक्रिया दिनुहोस्